
तिलोत्तमा सिटी न्युज, असार २६ गते २०७९। नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनसम्म गठबन्धन रहने स्पष्ट पारेका छन् । ५ दलीय गठबन्धन राष्ट्रिय आवश्यकता भएको बताउँदै उनले अब हुने संघ तथा प्रदेशको निर्वाचनसम्म कायम रहने दोहोर्याए ।समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले सम्वन्न स्थानीय तह निर्वाचनमा समाजवादी पार्टीले सफलता प्राप्त गरेको दाबी गरे ।
एक महानगर, उपमहानगरसहित विभिन्न स्थानमा उपप्रमुख जितेको र धेरै तहमा अत्यधिक मत प्राप्त गरेको उनले बताए । उनले आगामी निर्वाचनका लागि समाजवादी जुटिसकेको बताउँदै थप सफलता प्राप्त गर्ने दाबी समेत गरे ।उनले गठबन्धन आवश्यकता अनुसार भएतापनि स्थानीय तहमाफआफूहरू आफ्नै बलमा निर्वाचन लडेको बताउँदै अबको निर्वाचनमा पनि सोही अनुसार हुने बताए । अध्यक्ष नेपालले निर्वाचनमा आफूहरुमाथि षडयन्त्र भएको समेत उल्लेख गरे ।
कमेन्ट गर्नुहोस्