लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

माओवादी केन्द्रको बैठक बस्दै, पदाधिकारी टुंग्याउने तयारी

IMG

तिलोत्तमा सिटी न्युज, असार २२ गते २०७९। मंगलबार स्थगीत भएको माओवादी केन्द्रीय समिति बैठक बुधबार बस्दैछ ।दिउँसो १ बजे बैंठक सुरु हुने माओवादीले जनाएको छ। आजको बैठकमा पदाधिकारी चयनका विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने निर्णय गरेको थियाे ।पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई दिइएको छ ।


पदाधिकारी चयन तत्काल गरिनुपर्ने भन्दै बैठकमा सदस्यहरूले दवाव दिएपछि प्रचण्डले मंगलबारको बैठक स्थगित गरेर आन्तरिक छलफल गरेका थिए ।सोही अनुसार उनले आकांक्षीसँग छलफल गरेर आजको बैठकमा नाम प्रस्ताव गर्ने बताइएको छ ।दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबारका लागि स्थगित गरिएको थियो । मंगलबार उक्त सहमति जुटाएर बुधबार केन्द्रीय कमिटीको अन्तिम बैठकमा घोषणा गर्ने तय गरिएको हो ।

कमेन्ट गर्नुहोस्