लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शेरबहादुर देउवा पार्टीकाे हाेइन गठबन्धनको सभापति : शेखर पक्ष

IMG

तिलोत्तमा सिटी न्युज, असार १८ गते २०७९। नेपाली कांग्रेस नेता डा. शेखर कोइराला पक्षीय भेलाले पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको नभइ गठबन्धनको सभापति भएको आरोप लगाएको छ ।शुक्रवार सकिएको बैठकबारे जानकारी गराउँदै नेपाली कांग्रेस कोइराला पक्षीय नेता एवम् पार्टी केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले सभापति देउवाले पार्टीका नेता, कार्यकर्तालाई समेट्न नसकेको बताउनुभएको हो । बैठकमा सरकार सञ्चालन, गठबन्धन, पार्टीको आउँदो कार्यदिशा, आउँदो चुनाव र परराष्ट्र नीतिका बारेमा सरकारले बनाइरहेको धारणालगायतका विषयमा छलफल भएको पोखरेलले बताउनु भयो । 


उहाँले भन्नुभयो, ‘आज सरकार सञ्चालनको बारेमा मुख्य छलफल भयो । अर्थतन्त्रका सूचकहरू राम्रोसँग चलाउने कुरामा सरकारले हामीले गरेका वाचाअनुसार पूरा गर्न सकेन । यस्तै सुशासनको विषयमा पनि राजनीतिक प्रतिबद्धता जनाएका थियौँ । राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय अनुसन्धान विभागलगायत प्रधानमन्त्रीको मातहतबाट हटाउने भनेर प्रतिबद्धता भएको थियो तर अहिले पनि प्रधानमन्त्री कार्यालय मातहतमा राखिएको छ । बजेट बनाउनेदेखि पछिल्ला चरणमा चरमरूपमा आर्थिक सुशासनको खिल्ली उडाइएको छ । व्यापकरूपमा नीतिगत भ्रष्टाचार गरिएको छ । यसलाई जतिसक्दो चाँडो रोक्नुपर्छ ।


परराष्ट्र नीतिमा हाम्रो पार्टीले पनि पहलिाबाटै सबैको साझा नीति बनाउनुपर्छ भनेका छौँ । त्यसमा सफल हुन सकेन । अहिले नेपाली कांग्रेसको भन्दा पनि सभापतिजी गठबन्धनको सभापति हुनुभएको छ। उहाँले पार्टीभित्रै ४० प्रतिशत महाधिवेशन प्रतिनिधि जुन गाउँ, वडाबाट निर्वाचित भएर आउँछन्, आफू उनीहरूको सभापति हुँ भन्ने अनुभुति दिलाउन सकिरहनुभएको छैन ।’केन्द्रीय सदस्य पोखरेलले बैठकले हरेक प्रदेश र पालिकामा का्रग्रेसलाई बलियो बनाउने र पार्टी विधानअनुसार चल्ने कुरामा पन िजोड दिएको बताउनुभयो । 

कमेन्ट गर्नुहोस्