लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा डुबान हुुन नदिन पूर्वतयारी

IMG

तिलोत्तमा सिटी न्युज, असार १२ गते २०७९। अघिल्लो बर्ष भएको डुबान फेरी नदोहोरियोस भनि तिलोत्तामामा पुर्व तयारी थालिएको छ।  बर्षायाममा हुने डुबान नियन्त्रणका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सक्रियता देखाएको छ । विपद्को पूर्वतयारीका लागी डुबान प्रभावित क्षेत्रहरुमा रहेका खोला नाला र ढलको सरसफाई थालिएको छ । वर्षात सुरु हुनुपूर्व नै खोला नाला तथा ढलको सरसफाई गरी ढुबान हुुन नदिन पूर्वतयारी थालिएको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले जानकारी दिए । त्यसैक्रममा उनले आइतबार वर्षायाममा डुबान हुने क्षेत्रमध्येको एक तिलोत्तमा–११ स्थित सुखौरा खोला सफाइ कार्यको निरीक्षण समेत गरेका छन् । निरीक्षण गर्दै पानी नपर्दै काम सम्पन्न गर्न र प्रभावकारी रुपमा काम गर्न समेत उनले निर्देशन दिए ।अनुुगमनमा नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा नगरपालिका–११ का वडाअध्यक्ष विष्णु बहादुर बराल समेत सहभागी रहेका थिए ।

कमेन्ट गर्नुहोस्