लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा सिटीको आयोजनामा शुरु भयो एक हप्ते पत्रकारिता तालिम

IMG

तिलोत्तमा सिटी न्युज, असार ११ गते २०७९। लुम्बिनी फ्रीडम मिडिया प्राली तिलोत्तमा-५ नयामिलद्वारा संचालित तिलोत्तमा सिटीको आयोजनामा १ हप्ते रेडियो उद्घोषण , टेलिभिजन , पत्रकारिता तथा आमसंचार बिषयको तालिम नयामिलमा शुरु भएको छ। पत्रकार तथा संस्थाका सल्लाहकार सरु रानाको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका वडा नम्बर-५ का अध्यक्ष रमेश डुम्रेको प्रमुख आतिथ्यतामा सो तालिम शुरु भएको हो।  तालिमको समुद्घाटन गर्दै प्रमुख अतिथि डुम्रेले संचार संस्थाले जनतालाई सहि सुचना र सहि संचार गर्न मद्धत पुर्याउने हुँदा जनताको अगाडी हरेक क्रियाकलापको सत्य तथ्य जानकारी दिन आग्रह गर्नुभयो। उहाँले जनप्रतिनिधि र पत्रकारको दुरी नजिक हुनुपर्ने बताउदै सकारात्मक क्रियाकलापको सहि सुचना र नकरात्मक कुराबाट सच्चिन निगरानी गर्नुपर्ने बताउनुभयो। जनतामा सुसुचित हुने अधिकार संचारबाट पाइने हुदा हरेक किसिमको सहयोग गर्न आफु तयार रहेको समेत बताउनुभयो।  


सो अवसरमा बोल्दै प्रशिक्षक सरु रानाले पत्रकारिता जिम्मेबार पेशा भएकाले बुझेर र स्रोत खोजेर मात्र सहि तथ्य सुचाना प्रेसित गर्नुपर्ने बताउनुभयो। उहाँले प्रशिक्षार्थिले सिकेको कुरा ब्यबहारमा उतार्न सकेमात्र तालिम र सिपको सम्मान हुने बताउनुभयो। त्यस्तै कार्यक्रम संचालक तथा तिलोत्तमा सिटीका सम्पादक मोहन न्यौपानेले तालिमलाई भरपुर सदुपयोग गरि ब्यबहारिक् रुपमा अगाडी बढ्न तालिममा सहभागी सबैलाई अनुरोध गर्नुभयो। 


तालिम १७ गतेसम्म चल्ने र उद्घोषण , रेडियो , टिभि , पत्रिका, अनलाईन, सम्बन्धि सबै तालिम यस क्षेत्रका दिग्गज तथा अनुभवी संचारकर्मीहरुबाट हुने तिलोत्तमा सिटीका ब्यबस्थापक मनोज न्यौपानेले बताउनुभयो।  उद्घाटन कार्यक्रममा १६ प्रशिक्षार्थि  सहभागी थिए भने आइतबार  संख्या बढ्ने ब्यबस्थापक न्यौपानेले बताए। समुद्घाटन कार्यक्रम तिलोत्तमा सिटीका सम्पादक मोहन न्यौपानेले संचालन गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्