लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मन्त्री हेरफेरविरुद्ध ६ सांसदले लिए हस्ताक्षर फिर्ता

IMG

तिलोत्तमा सिटी न्युज, असार ११  गते २०७९। मन्त्री हेरफेरविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ जना सांसदले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जना सांसदले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिवद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको सांसद गोपाल बमले बताए ।


हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।उनीहरुले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘०७९/३/९ का दिन कमरेड अध्यक्ष माधवकुमार नेपाललाई ८ बुदे मागसहित दलको बैठक समेत बोलाइयोस् भनी पेश गरेको पत्रमा हामी तपशीलका सांसदको समेत हस्ताक्षर रहेकामा उक्त हस्ताक्षर फिर्ता लिएका छौं ।’

कमेन्ट गर्नुहोस्