लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार १२ गते भित्र स्थानीय तहका उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने

IMG

तिलोत्तमा सिटी न्युज, असार ९ गते २०७९ । स्थानीय निर्वाचनको खर्चको हिसाबकिताब अबको ४ (असार १२ गते ) दिनभित्र ७५३ वटै स्थानीय तहका उम्मेदवारले निर्वाचनको खर्च विवरण बुझाइसक्नुपर्ने भएको छ |निर्वाचन मत परिणाम घोषणा भएको एक महिना भित्र निर्वाचित खर्च विवरण नबुझाए कारबाही सिफारिस गर्न निर्वाचन आयोगले मातहतका कार्यालयलाई निर्देशन दिएको हो ।स्थानीय तह निर्वाचन ऐन २०७३ र नियमावलीअनुसार परिणाम घोषणा भएको ३० दिनभित्र जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा उम्मेदवारले खर्च विवरण बुझाइसक्नुपर्छ ।


स्थानीय तहको निर्वाचन वैशाख ३० मा भएको थियो । सबैभन्दा ढिलो काठमाडौं महानगरपालिकाको मत परिणाम जेठ १२ गते आएको थियो ।काठमाडौं महानगरपालिकाको निर्वाचनको परिणाम घोषणा भएको ३० दिनले हिसाब गर्दा असार १२ भित्र महानगरपालिकाका उम्मेदवारले खर्च विवरण बुझाई सक्नुपर्ने हुन्छ ।अन्य स्थानीय तहका उम्मेदवारले भने त्यो भन्दा पनि अघि नै निर्वाचनको खर्च विवरण पेस गरिसक्नुपर्नेछ ।



कमेन्ट गर्नुहोस्