लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा कलर कोड लगाउनेलाई ५० प्रतिशत छुट, रङ्ग रोगनमा स्वेच्छिक

IMG

तिलोत्तमा सिटी न्युज, असार ९ गते २०७९ ।  घर धनीहरुलाई रङ्ग रोगनमा स्वेच्छिक गरी नगरपालिकाले तोकेको कलरकोड लगाउने घरधनीलाई रङ्ग खरिदमा रङ्ग व्यवसायीसँगको समन्वयमा मा ५० प्रतिशत छुटको व्यवस्था मिलाइने भएको छ ।यस्तै नगरपालिका मा घर निर्माण गर्दा सडक र डिपिसी लेबलको एकरुपता हुनेगरी आवश्यक मापदण्डसहित कार्यान्वयन गरिनेछ ।नगरमा विकास मार्फत् स्वच्छ, सुरक्षित, समृद्ध र पहिचानयुक्त नगरको रुपमा विकास गरी नगरबासीहरुको माग अनुसार सर्वसुलभ, भरपर्दो, गुणस्तरीय सहरी सेवा तथा सुविधा उपलब्ध गराई नगरबासीहरुको जीवनस्तरमा सुधार ल्याउनको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृनिकायहरुको समन्वयमा “शहरी सेवा प्रवर्द्धन का कार्यक्रमहरु संचालनमा ल्याइने भएको छ ।


नगरको व्यवस्थित र योजनाबद्ध विकासको लागि नगर विकास समितिलाई क्रियाशील बनाइने छ भने प्रदेश र संघीय सरकारबाट नगरपालिकामा सञ्चालन हुने परियोजनाको सघन अनुगमन गरि वडा बस्ती स्तरमा हुने विकास निर्माणमा गुणस्तर कायम गर्नुको साथै समयमै सम्पन्न गर्न कलस्टर मिलाएर वडा वडामा प्राविधिक खटाउने व्यवस्था मिलाइने भएको छ ।यस्तै योजनाहरुको प्रभावकारी अनुगमनको लागि वडा तहसम्म संयन्त्र निर्माण गरिनेछ ।सडक निर्माण तथा मर्मत कार्य गर्दा विद्युत, खानेपानी, टेलिफोन लगायतका पूर्वाधारको एकीकृत योजना निर्माण गरी कार्यान्वयन गरिनुको साथै सडक आयोजनाको लागत ईष्टिमेट गर्दा विद्युत, खोपानी पाइपलाइन समेतलाई ध्यान दिइनेछ ।लगायतका संरचना स्थानान्तरण गरिने निति कार्यक्रममा राखिएको छ।

कमेन्ट गर्नुहोस्