लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परदेशको ज्ञान,तिलोत्तमाको माटोमा योगदान

IMG

तिलोत्तमा सिटी न्युज, असार ९ गते २०७९ ।  प्रदेशको ज्ञान तिलोत्तमाको माटोमा योगदान साथ बैदेशिक रोजगारबाट फर्केका तथा वेरोजगार युवाहरुलाई कृषि तथा पशुपालन तर्फ आकर्षित गर्नका लागि सामूहिक तथा व्यवसायिक योजनाहरुलाई प्रोत्साहन गरिने जनाइएको छ ।त्यस्तैगरि नगर स्तरीय युवा परिषद् गठन गरी युवा स्वरोजगार कोष सञ्चालनमा ल्याइने नीति लिइएको छ ।प्रत्येक वार्डमा एकएक वटा खेल मैदान र नगरमा रंगशालाको निर्माण गरिने र प्रत्येक विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत एक विद्यालय एक विशिष्ट खेल कार्यक्रम सञ्चालन गर्न प्रोत्साहित गरिने जनाइएको छ ।गँहुको विउमा अनुदानमा कार्यक्रमलाई निरन्तरता दिइने र खेलाडीहरुको जीवनस्तरको विकास गरिने उल्लेख छ । त्यस्तै नगरमा युवा सूचना केन्द्रको स्थापना गर्ने नीति छ ।


यस्तै नीति तथा कार्यक्रममा आर्थिकरुपमा विपन्‍न नगरबासीको स्वास्थ्य उपचारका लागि नगर प्रमुख नागरिक सहायता कोष स्थापना, स्वस्थ नगरबासी, स्वस्थ नगर नाराका साथ गुणस्तरीय स्वास्थ्यमा सबै नागरिकको समतामुलक पहुँच सुनिश्चित गरिने उल्लेख छ।यस्तै प्रत्येक वडामा दक्ष नर्ससहित प्रसुति सेवा उपलब्ध गराउने, वडा नं ६ को गोरकट्टा र वडा १७ वीपीग्रामको १५ शय्याको अस्पताल निर्माण सम्पन्‍न गरी सञ्चालन गर्ने नीति अगाडि सारेको छ।तिलोत्तमा नगरस्तरीय ल्याब सेन्टर स्थापना, नगर प्रमुखसँग ज्येष्ठ नागरिक स्वस्थ्य जाँच निरन्तरता, नगरस्तरीय ब्लड बैंक स्थापनालाई निरन्तरता दिएको छ।शंकरनगर वनवाटिका तथा यहा निर्माण भएको तिलोत्तमा बहुउद्देश्यीय टावरलाई पर्यटन प्रवद्र्धनमा अधिकतम उपयोग गरी रोजगार तथा आय आर्जनमा टेवा पुर्याइने जनाइएको छ । शंकरनगर वनवाटिकामा रहेको सानो चिडियाघरलाई प्रादेशिक स्तरको चिडियाखाना बनाउन संघ र प्रदेश सरकारसग साझेदारी गरिने उल्लेख छ ।

कमेन्ट गर्नुहोस्