तिलोत्तमा सिटी न्युज, असार ९ गते २०७९ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु. ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु. ९७ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु. ९६ हजार ८०० थियो ।
त्यस्तै, महासङ्घले आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले घटेर रु. एक हजार २५० तोकिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्