लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

उत्कृष्ट पत्रकारिता पुरस्कार यानेन्द्र, आरपी र रेखालाई

IMG

तिलोत्तमा सिटी न्युज, असार ८ गते २०७९ ।नेपाल पत्रकार महासंघ रुपन्देही र बुटवल उपमहानगरपालिकाद्धारा स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट तीन जना पत्रकार पुरस्कृत हुने भएका छन् । महासंघ रुपन्देहीको मंगलबार बसेको सचिवालय बैठकले मूल्यांकन समितिले २०७५ बाट यानेन्द्र जिसि, २०७६ बाट रामप्रसाद रामप्रसाद आचार्य र २०७७ बाट रेखा भुसाललाई पुरस्कृत गर्न गरेको सिफारिशलाई अनुमोदन गर्ने निर्णय गरेको हो ।


पुरस्कारको राशी ५० हजार रहेको छ । जिसि नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एंव लुम्बिनी दैनिकका सल्लाहकार सम्पादक हुन । त्यस्तै आचार्य नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान सचिव र दैनिकपत्रका प्रबन्ध सम्पादक हुन्। भुसाल नागरिक दैनिक लुम्बिनी प्रदेश प्रमुख हुन । पुरस्कार केहि दिनमै बिशेष समारोह गरेर वितरण गर्ने महासंघ रुपन्देहीका सचिव विनोद परियारले जानकारी दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीको सबैभन्दा गर्विलो पुरस्कारका रुपमा यसलाई लिने गरिन्छ ।


कोभिडका कारण रोकिएको तीन वर्षको पुरस्कार मूल्यांकनका लागि महासंघ रुपन्देहीका पूर्व अध्यक्ष एंव सल्लाहकार विनोद पहाडीको संयोजकत्वमा मूल्यांकन समिति गठन गरेको थियो । मूल्यांकन समितिको सदस्यमा खिमानन्द भट्टराई र भगवती पाण्डे सदस्य रहेका थिए । महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षतामा बसेको बैठकले मूल्यांकन समितिलाई धन्यवाद दिएको छ ।

कमेन्ट गर्नुहोस्