लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

व्यापार संघद्वारा व्यावसायीको फर्म नविकरण

IMG

तिलोत्तमा सिटी न्युज, असार ६ गते २०७९। रुपन्देही व्यापार संघले वाणिज्य कार्यालय भैरहवामा दर्ता भएका व्यावसायीहरुको फर्म नविकरण गरेको छ । संघले सोमबार आफ्नै सचिवालयमा व्यावसायीहरुको फर्मको प्रमाणपत्र नविकरण गरेको हो । आम व्यावसायीहरुलाई सहज तथा समय बचत होस् भन्ने उद्देश्यले व्यावसायीहरुलाई भैरहवा जान नपर्ने गरी संघको सचिवालयबाटै नविकरणको व्यवस्था गरिएको संघका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक डिल्लीराज भण्डारीले बताउनुभयो । वाणिज्य कार्यालय भैरहवाका कार्यालय प्रमुख टेकराज भट्टराईको नेतृत्वको समूह रुपन्देही व्यापार संघको सचिवालयमा उपस्थित भई नविकरण कार्य सम्पन्न गरिएको थियो ।


रुपन्देही व्यापार संघको सचिवालयमा भएको उक्त नविकरण कार्यमा करिब २०० व्यापारीको नविकरण भएको संघका महासचिव दयानिधी भण्डारीले बताउनुभयो । संघले उक्त कार्यक्रम सम्पन्न गर्न संघका वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारी संयोजक एवं कार्यसमिति सदस्य मेघनाथ पौडेल र बालकृष्ण बस्याल सदस्य रहेको एक समिति समेत गठन गरेको थियो । संघले विगत लामो समयदेखि नै व्यावसायीहरुको फर्म आफ्नै सचिवालयबाटै गर्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्