तिलोत्तमा सिटी न्युज, असार ४ गते २०७९ । नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार चितवनको इच्छाकामना ६ चारकिलोमा बिहान साढे ११ बजेतिर सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको हो । अहिले सडक खुलाउनका लागि सडक विभागसँग समन्वय भइरहेको चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएकाे छ । जसका कारण यात्रुले सास्ती बेहाेर्दै आउनुपरेकाे छ ।
बिहान ११ बजेदेखि बन्द भएको सडक अझै खुलेन
बिहान साढे ११ बजेदेखि बन्द भएको नारायणगढ–मुग्लिन सडक अझै खुलेको छैन । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चारकिलोमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो ।पहिरो पन्छाउने काम भइरहेको र ठूलो पहिरो भएका कारण समय लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो ।सडक खुलाउन अझै एक घण्टा लाग्ने उहाँले बताउनुभयो । सडक बन्द हुँदा गाडीहरुको लामो लाइन लागेको छ । बाटोमा रोकिनुको साथै गर्मीका कारण झनै समस्या भएको यात्रुहरुले बताएका छन् । बर्खा लागेसँगै यस ठाउँमा पटक–पटक पहिरो खसेर सडक बन्द हुँदै आएको छ । जसका कारण यात्रुले सास्ती बेहोर्दै आउनुपरेको छ ।
कमेन्ट गर्नुहोस्