लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जिसस रुपन्देहीमा गठबन्धनको प्यानल विजयी

tillotmacitynews - 2022 Jun 18 04:34 PM
IMG

तिलोत्तमा सिटी न्युज, असार ४ गते २०७९ । जिल्ला समन्वय समिती रुपन्देहीको आज सम्पन्न निर्वाचनमा गठबन्धन प्यानल विजयी भएको छ ।गठबन्धन बाट नेपाली कांग्रेसका प्रमुख पदका उम्मेद्वार उमाकान्त चपाई २० मत ल्याइ विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नर बहादुर घर्ती मगरले १२ मत ल्याए ।३२ मत रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उप प्रमुखमा लोसपाका रामकृपाल धोबीले १६ मत पाउँदा नेकपा एमालेका पवित्रा देवी श्रेष्ठले १५ मत ल्याइन ।


यस्तै महिला सदस्यमा नेपाली कांग्रेसकि बिष्णुमाया सुवेदी जयसवाल १८, दलित वा अल्पसंख्यकमा कांग्रेसकै राजमन प्रसाद हरिजनले २०, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान २०,ऋषीराम बस्याल १९, लोसपाका मुकेश कुमार पाण्डे १८ मत ल्यायी विजयी भएका छन ।यस्तै नेकपा माओवादी केन्द्रकि मन्जु परियार १८, लोसपाकी बुधनी चमार १९ मत ल्याइ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्