लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन-नेपाल र तिलोत्तमाबीच MOU मा हस्ताक्षर

IMG

तिलोत्तमा सिटी न्युज, असार १ गते २०७९ ।  तिलोत्तमा नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन-नेपाल विच संस्थागत सम्वन्ध कायम सम्वन्धि समझदारी पत्र (MOU) मा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाका तर्फबाट नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरी तथा लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन-नेपालका तर्फबाट अध्यक्ष जोहन म्यान्युल भिलानोभा र उपाध्यक्ष गोविन्द प्रसाद सुबेदीले गत ८ जुन मा लुम्बिनीमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । यससंगै तिलोत्तमा नगरपालिकाको पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा, वातावरण र खेलकुद लगायतका क्षेत्रमा विभिन्न कार्यक्रम संचालन गर्न अन्तरराष्ट्रिय सहयोग एवम् अनुभव आदानप्रदान हुने र सहकार्यका लागि लुम्बिनी गार्डेन फाउन्डेसन स्पेन-नेपालसंग नगरपालिकाको मित्रसम्वन्ध कायम भएको छ ।




कमेन्ट गर्नुहोस्