लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एक वर्षभित्र ५ लाख जनालाई लालपूर्जा वितरण गर्ने तयारी

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा)  वितरण गर्ने तयारी भएको जानकारी दिएकी छन् ।प्रतिनिधिसभामा मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् ।


उनका अनुसार कुल करिब १४ लाख परिवार भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोवासी रहेको सरकारी तथ्याङ्क छ । त्यस अनुमध्ये सुकुम्वासी आयोगमार्फत आगामी वर्ष ३०० स्थानीय तहका ५ लाख परिवारहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने तयारी रहेको बताएकी छन् । आगामी २ वर्षभित्र बाँकी सबैलाई समेट्ने लक्ष्य राखी काम अगाडि बढाएको उनले बताएकी छन् ।


भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्याको दीर्घकालीन समाधानको लागि राष्ट्रिय भूमि आयोग र जिल्ला समितिहरु गठन भई कार्य प्रारम्भ भइसकेको पनि पनि मन्त्री श्रेष्ठको भनाइ छ ।

कमेन्ट गर्नुहोस्