तिलोत्तमा सिटी न्युज, जेष्ठ ३० गते २०७९ । सरकारले मालपोतलाई स्थानीय तहमै पुर्याउने बताएको छ ।मन्त्रालयका लागि विनियोजन भएको बजेटको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले यस्तो जानकारी दिएकी छन् ।सार्वजनिक जग्गाको संरक्षणमा सरकार दृढ छ रहेको उल्लेख गर्दै उनले थपेकी छन्, ‘मालपोतलाई स्थानीय तहमै पुर्याउने गृहकार्य अगाडि बढेको छ । संविधानको अनुसूचीमा जे व्यवस्था भएको छ । त्यसअनुसार कार्यको सुरुवात मन्त्रालयले गरेको छ ।’
कमेन्ट गर्नुहोस्