लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने,जबर्जस्ती खनेमा कारबाही

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न नदिने भएको छ। वर्षा याममा सडक खन्दा थप बिग्रिने भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागले आगामी तीन महिना सडक खन्न स्वीकृति नदिने भएको हो।बर्खामा धारा, ढल, बिजुली, टेलिफोनलगायत विभिन्न प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गर्न नसकिने भएकोले भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको उल्लेख छ। सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले बुधबार सार्वजनिक सूचना निकाल्दै कसैले जबर्जस्ती सडक खनेको पाइए सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी पनि दिएको छ। 


‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रँदै जान्छ। त्यसैले यही २०७९ साल असार १ गतेदेखि २०७९ साल भदौ मसान्तसम्म यस कार्यालय अन्तर्गतका सडक डिभिजनहरू मातहत रहेका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने छैन’, सूचनामा भनिएको छ, ‘कसैले जबर्जस्ती सडक खनेको पाइए सडक ऐन २०३१ अनुसार कारबाही गरिने जानकारी गराइन्छ।’ 

कमेन्ट गर्नुहोस्