लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नविल बैंक र महानगरबीच १३ बुंदे सम्झौता, बैंकले १८ शाखाका शौचालयलाई सार्वजनिक बनाउने

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ । नविल बैंकले काठमाडौं महानगरपालिकासँग १३ बुंदे सम्झौता गरेको छ । सम्झौतासँगै बैंकले काठमाडौं उपत्यकाका आफ्ना १८ शाखामा रहेका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने भएको हो । सार्वजनिक बनाइएका सबै शौचालयको सबै दायित्व बैंक स्वयम्ले बहन गर्ने जनाइएको छ । सम्झौतामा काठमाडौंमा नविल बैंकको १८ वटा शाखा कार्यालयमा रहेका चालु हालतका शौचालयलाई सार्वजनिक प्रयोगमा ल्याउने र सेवाग्राही वा अन्य व्यक्तिसँग कुनै शुल्क नलिने तथा आफ्नो कुनै किसिमको सेवा लिनका निम्ति करकाप र प्रोत्साहन पनि नगर्न बैंकले प्रतिवद्धता गरेको छ । महानगरको पक्षबाट प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी निर्देशक अनिल केशरी शाहले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।




कमेन्ट गर्नुहोस्