लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारत निर्यात हुने नेपाली बिजुलीको दाम युनिटको १९ रुपैयाँसम्म

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । वर्षायाम लागेसँगै नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली  भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा ४२ लाख २७ हजार १०० युनिट निर्यात गर्ने भएको छ । प्राधिकरणले आज  १७६ मेगावाटसम्म बिजुली निर्यात गर्नेछ । भारतको ऊर्जा एक्सचेन्ज बजारमा प्रत्येक १५ मिनेटको ९६ वटा ब्लकमा बिजुलीको मूल्य बोलकबोलमा बिक्री हुन्छ । भारत सरकारले ती ब्लकमा अधिकतम् भारु १२ रुपैयाँसम्ममा किनबेच गर्न पाउने व्यवस्था छ । प्रत्येक ब्लकमा माग र आपूर्तिको दर अनुसार मूल्य फरक-फरक तय हुन्छ । 


प्राधिकरणले रातको समयमा खपत हुन नसकेको बिजुली भारत पठाइरहेको हो । भारतमा रातको समयमा सोलार प्लान्टबाट बिजुली नआउने र गर्मी कारण पंखा र एसीको प्रयोगले माग उच्च हुने गरेको छ । रातमा खरेर जाने बिजुली नै बेच्न सक्ने अवस्था रहेकाले प्राधिकरणले राम्रो मूल्य पाएको अधिकारीहरु बताउँछन् । सोमबार मात्रै नेपालबाट भारतमा ५ करोड १२ लाख ४१ हजार नेपाली रुपैयाँ (३ करोड २० लाख भारु)को बिजुली विक्री गर्नका लागि दर स्वीकृत भएको छ । भारतले अहिलेसम्म नेपाललाई ३६४ मेगावाटका आयोजनाका बिजुलीलाई भारत निर्यात गर्न अनुमति दिएको छ । मनसुन सुरु भएपछि नेपालले भारतबाट अनुमति पाएका सबै आयोजनाबाट बिजुली निर्यात गर्नेछ । यसअनुसार नेपालले वर्षयाममा दैनिक १० करोडभन्दा बढीको बिजुली बेच्न सक्ने देखिएको छ ।


कमेन्ट गर्नुहोस्