लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेकपा एसले गर्यो नयाँ मन्त्रीहरुको सिफारिश, जीवनराम श्रेष्ठ पर्यटनमन्त्री

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णयसँगै नयाँ मन्त्रीहरुको नाम पनि सिफारिश गरेको छ । सचिवालय बैठकले अहिले सरकारमा भएकाहरुलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो । एक नेताकाअनुसार पार्टीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकेको छ । अहिले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङ भने फूल मन्त्री बन्नेछन् । त्यस्तै, जीवनराम श्रेष्ठ पर्यटन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य राज्यमन्त्री बन्नेछन् । 


कमेन्ट गर्नुहोस्