लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पार्टी फुट रोक्न माधव नेपाल ब्याक, एसका मन्त्रीहरु यथावत्

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २३  गते २०७९ । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि आज दिउँसो माधव नेपाल ब्याक हुने निर्णयमा पुगेका छन् । माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् । देउवाले कम्तिमा बजेट सदनबाट पारित गरेपछि मात्र निर्णय लिन सुझाव दिएका छन् । त्यसपछि नेपाल ब्याक हुन तयार भएका थिए । अब एसबाट मन्त्री भएका विरोध खतिवडा, प्रेमबहादुर आले, किसान श्रेष्ठ र रामकुमारी झाँक्रीका अलावा राज्यमन्त्री भवानी खापुङ पदमा यथावत् रहनेछन् । यसैगरी, माधव नेपाल ब्याक भएपछि सम्मानित नेता झलनाथ खनाल रुष्ट भएका छन् । उनले कुनै हालतमा निर्णय कार्यान्वयनमा लाग्न नेपाललाई जोडबल गरिरहेका छन् ।


कमेन्ट गर्नुहोस्