लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवल उपमहानगरको कार्यपालिकामा गठबन्धनको प्यानल निर्वाचित

tillotmacitynews - 2022 Jun 02 07:54 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १९ गते २०७९।  बुटवल उपमहानगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।  बिहीबार ५ जना महिला तथा ३ जना दलित र अल्पसंख्यक सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनले ८ वटै सिटमा जित निकालेको हो ।निर्वाचनबाट महिला सदस्यहरुमा हेमा थामी मगर,निलम गौतम,बसन्ती बिक,राधा पौडेल र रिना भुसाल निर्वाचित भएका छन् ।


उनीहरु सबै नेपाली कांग्रेसका हुन् । दलित र अल्पसंख्यकतर्फ नेकपा एकीकृत समाजवादीका यमबहादुर सुनार,जनता समाजवादी पार्टीका सुनिता खड्लुक र राष्ट्रिय जनमोर्चाबाट कृष्णबहादुर सुनार निर्वाचित भएका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्