लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गठबन्धनमा धोका हुँदैन: प्रधानमन्त्री देउवा

tillotmacitynews - 2022 May 30 10:31 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १६ गते २०७९। सत्तारुढ दलहरुले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् ।नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी चुनावतर्फ संकेत गर्दै धोका नदिने बताएका छन् ।सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तरबाटै गरेका थिए । 


तर कतिपय ठाउँमा तालमेल नै भएन भने तालमेल भएका पालिकाहरुमा समेत बागी उम्मेदवारी परेको थियो । चुनावको समीक्षा गर्न सोमबार बालुवाटारमा बसेको बैठकमा दलहरुले तालमेल प्रभावकारी नभएको गुनासो गरेका छन् ।एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतले कांग्रेस स्वयंले तालमेलको पालना नगरेको भन्दै असन्तुष्टि जनाएका छन् ।जवाफमा प्रधानमन्त्री देउवाले भने पार्टीभित्र मतभेद भएका कारण पनि तालमेल प्रभावकारी हुन नसकेको बताएका छन् ।


 उनले अघि भने, ‘तर हामी धोका दिन्नौं ।’छलफलका क्रममा नेताहरुले तालमेल प्रभावकारी भएको भए एमाले थप कमजोर हुन्थ्यो भनेका थिए। ‘राम्रोसँग तालमेल भएन । तालमेल भएको भए एमालेलाई धुलो चटाउन सकिन्थ्यो,’ एक नेता भन्छन्, ‘यसबाट शिक्षा लिएर अघि बढ्नुपर्ने कुराकानी भयो ।’बैठकले नगर कार्यपालिका र जिल्ला समन्वय समितिको चुनावमा पनि गठबन्धनमा आवद्ध दलहरुबीच सहमति गरेर अघि बढ्ने जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्