लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गुल्मीदरबारमा कांग्रेसबाट निर्वाचितलाई सम्मान जनताले वाहवाही गर्ने बजेट ल्याउनुस

tillotmacitynews - 2022 May 29 11:00 PM
IMG

प्रविण गाहा,गुल्मी, १५ जेठ । गुल्मीदरबार गाउंपालिकामा नेपाली कांग्रेसबाट निवार्चित अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष र कार्यपालिका सदस्यलाई आईतवार गौडाकोटमा सम्मान गरिएको छ । नेपाल शिक्षक संघ गुल्मीदरबारले पालिका अध्यक्षमा निर्वाचित सरोज थापा, उपाध्यक्ष तारा थापा ढेंगा सहित वडा नं. १, ३, ६ र ७ का वडा अध्यक्षलाई बधाई तथा शुभकामना कार्यक्रम गरी सम्मान गरेको हो । वडा नं. १ का वडा अध्यक्ष राजेन्द्र प्रसाद कडेल, वडा नं. ३ का वडा अध्यक्ष राम बहादुर थापा, वडा नंं ६ का वडा अध्यक्ष मुकेश थापा र वडा नं. ७ का वडा अध्यक्ष शालिकराम टण्डनलाई सम्मान गरेको हो । 


गुल्मीदरबार गाउपालिका गुल्मीमा अध्यक्ष र उपाध्यक्ष सहित चार वटा वडामा नेपाली कांग्रेसले जित हासिल गरेको थियो । नेकपा एमाले तीन वटा वडामा विजयी भएको थियो । सम्मान कार्यक्रममा अध्यक्ष सरोज थापाले शिक्षा क्षेत्रमा रहेका समस्या समाधान गर्न आफु प्रतिवद्ध रहेको बताउनुभयो । उहांले शिक्षा क्षेत्रमा रहेका दरवन्दी, भौतिक पुर्वाधार र गुणस्तरका विषयमा पालिकाले विशेष योजनाका साथ अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अध्यक्ष थापाले आफु पनि विगतमा शिक्षक भएको हुदा यस क्षेत्रका समस्या वारेमा जानकार रहेको उल्लेख गर्नुभयो।  शिक्षकलाई समस्या लिएर आउदा समाधानको विकल्प सहित आउन आग्रह गर्नुभयो । विकास निर्माण, नीति निर्माणको विषयमा सरोकारवाला निकायको सुझाव लिएर अगाडी बढ्ने बताउनुभयो । 


उपाध्यक्ष तारा थापा ढेंगाले आफु पनि शिक्षण पेशाबाट राजनीतिमा प्रवेश गरेको हुंदा यस क्षेत्रका समस्याको वारेमा जानकार रहेको भन्दै गुणस्तरीय शिक्षाको लागि विशेष योजना बनाएर अगाडी बढ्ने बताउनुभयो । उहांले मतदाताको भावना अनुसार पालिकाले रणनीति बनाउने बताउनुभयो । नेपाली कांग्रेस गुल्मीदरवार सभापति प्रेम पुनले जनताले वाहवाही गर्ने योजना तथा बजेट ल्याउन सुझाव दिनुभयो । नेपाल शिक्षक महासंघ गुल्मीका सभापति हिरासिंंह सराङकोटीले शिक्षकहरु आफ्नो क्षेत्रमा सवल, उत्कृष्ट र सक्षम बन्नुपर्ने भन्दै शैक्षिक गुणस्तर अभिवृद्धीमा लाग्नुपर्ने बताउनुभयो । 


कार्यक्रममा नेपाली कांग्रेसबाट वडा नं. २ का अध्यक्षका प्रत्यासी सुवेदार केशर सिंह सारुले पालिकालाई सिमित तर दुरगामी प्रभाव पार्ने विषयमा हात हाल्न सुझाव दिनुभयो । नेपाल शिक्षक संघ गुल्मीदरवारका सभापति हरी कार्कीले शिक्षा क्षेत्रलाई सम्बोधन हुने गरी बजेट ल्याउन पालिकालाई सुझाव दिनुभयो ।

कमेन्ट गर्नुहोस्