लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पछाडी फर्केर हेर्नु नपरेकी उपमेयर जगेश्वरीदेवी

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १५ गते २०७९ । चुनावको रौनक शुरु भएपछी उपमेयरको लिस्टमा पक्कै पर्छिन भनेर नगरबासी ढुक्क थिए। आखिर भयो पनि त्यस्तै , मेयरको टिकट फेरीए पनि तिलोत्तमा नगरपालिकामा नेकपा एमालेको उपमेयर टिकट बद्लिएन। अन्तत: उपमेयर जगेश्वरीदेवीले आफ्नो मत कति आयो भनेर पछाडी फर्केर हेर्नुपरेन। 


न्यायिक समितिको संयोजक रहेर कार्य सम्पन्न गर्दा सामाजिक रुपमा मन जितेकी तिलोत्तमा नगरपालिकाको पुन: निर्वाचित उपमेयर हुन् जगेश्वरीदेवी चौधरी। करिव ९५ प्रतिशत मुद्दामा न्याय दिलाइसकेकी उनले अघिल्लो पटकको ७४ सालको चुनावमा समेत भारि मतका साथ् बिजयी हासिल गरेकी हुन्।  त्यसो त हाल २०७९ को चुनावमा मा गणना भएदेखि जित हासिल गर्दा सम्म उनले पछाडी फर्केर हेर्न परेन। मतान्तर प्रतिश्प्रधि भन्दा डबल अंक बढी नै प्राप्त गरेकी उनलाई गठबन्धनका हेमन्त पाण्डे संगको लडाई सहज भयो। उपमेयरमा निर्बाचित उनले २३ हजार ८६ मत ल्याएकी थिइन् भने उनका प्रतिश्प्रधि गठबन्धनका हेमन्त पाण्डेयले ११ हजार ५ सय ४६ मत मात्र प्राप्त गरे। 


स्थानिय थारु समुदायकी  जगेश्वरीदेवीले महिला ससक्तिकरणका लागी महिलाको अधिकार हक हित, सिप रोजगार तथा स्वरोजगारका क्षेत्रमा समेत उल्लेखनिय कार्य गरेकी छिन।  आफु अघिल्लो चुनाव जितेर उपमेयर हुदै गर्दा महिलाको स्वास्थ्य शिक्षा र रोजगारीलाई बिशेस प्राथमिकता दिएकि उपमेयर जगेश्वरीदेवीले यो कार्यकालमा समेत अझै ससक्त तरिकाले महिलाको अधिकार सुनिस्चित गर्ने गरि काम गर्ने बताईन। बिकास निर्माण संगै जनचेतना र स्वास्थ्य शिक्षालाई पनि उत्तिकै स्थान दिनुपर्ने बताउदै उपमेयर जगेश्वरीदेवीले जनताले आफुलाई पुन: चुनेको मा धन्यबाद समेत ब्यक्त गरिन। 



 

कमेन्ट गर्नुहोस्