लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-६ का वडाध्यक्ष सहित जनप्रतिनिधिको पदभार ग्रहण

tillotmacitynews - 2022 May 27 04:36 PM
IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ १३ गते २०७९। रुपन्देहीको तिलोत्तामा नगरपालिका वडा नम्बर ६ का नवनिर्वाचित वडाध्यक्ष गणेश पाठकले पदभार ग्रहण गरेका छन् । शुक्रबार एक कार्यक्रमबीच नवनिर्वाचित वडाध्यक्ष पाठकले पदभार ग्रहण गरेका हुन् । वडा सदस्यहरु सीता खनाल गौतम, गोविन्द रिजाल, पूर्ण प्रसाद आचार्य र दलित महिला सदस्यामा गीता गन्धर्वले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै वडाध्यक्ष पाठकले जनताले दिएको मतको कदर गर्दै वडाको विकासको लागि आफूहरु लाग्ने बताए ।

कमेन्ट गर्नुहोस्