
तिलोत्तमा सिटी न्युज, जेष्ठ १२ गते २०७९ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको उप प्रमुखमा जगेश्वरी देवी चौधरी निर्वाचित भएकी छन् । प्रारम्भिक मत गणना देखिनै अग्रता लिएकी नेकपा एमालेकी उम्मेदवार चौधरीले दोब्बर मत अगाडी छन् अब नगरमा जम्मा ३ वटा वडामा अब जम्मा २५ सय मत गन्न बाँकी रहेको छ । पछिल्लो मत परिणाम अनुसार चौधरीले चौधरीले २२२४४ मत पाउदा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमन्त पाण्डेले १११३३ मत पाएका छन्। यद्यपी घाेषणा भने बाँकी नै छ ।
चौधरी २०७४ सालमा पनि उपप्रमुखमा निर्वाचित भएकी थिईन् ।
तिलोत्तमा नगरपालिकामा निर्वाचित वडाध्यक्षहरू :-
वडा न १ फर्सुराम गिरी एमाले
२ डिल बहादुर भट्टराई कांग्रेस
३ कल्याण पौडेल कांग्रेस
४ हरि बहादुर क्षेत्री एमाले
५ रमेश डुम्रे कांग्रेस
६ गणेश पाठककांग्रेस
७ गणना जारी-
८ गणना जारी-
९ गणना जारी-
१० गोपाल घिमिरे एमाले
११ बिष्णु बहादुर बराल एमाले
१२ सहदेव थारु एमाले
१३ नारायण ढकाल कांग्रेस
१४ असविन पौडेल कांग्रेस
१५ खेमराज गुरुङ एमाले
१६ झविलाल भुसाल कांग्रेस
१७ दान बहादुर चौधरी कांग्रेस
कमेन्ट गर्नुहोस्