लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आचारसंहिता विपरित चुनावी फण्डा गर्ने रुपन्देहीका तीन अनलाईन कारवाहीमा

IMG

तिलोत्तमा सिटी, बैशाख २८ गते २०७९ । निर्वाचनको समयमा सञ्चालन हुने मौसमी अनलाइन र पार्टी विशेषका उम्मेदवारका समाचार मात्र पक्षपोषण गर्ने अनलाइनहरुको बिगबिगी रहेको समयमा यस्तै फण्डाका मात्र समाचार सम्पे्रषण गर्ने रुपन्देहीका केही सञ्चारमाध्यमहरु कारबाहीमा परेका छन् । प्रेस काउन्सिल नेपालले निर्वाचनका बेला आचारसंहिता बिपरित बिभिन्न झुठा समाचार सम्प्रेषण गर्ने मिडिया हाउस र संचालकहरुलाई कारबाही गरेको हो ।

बुटवल तथा रुपन्देही क्षेत्रबाट सञ्चालित मुख्यत ः तीनवटा अनलाइन सञ्चार माध्यम जसले विना तथ्य, विना प्रमाण र आर्थिक प्रलोभनमा परेर आफु विरोधी तथा आफ्नो समर्थनका उम्मेदवारका पक्ष विपक्षमा अनर्गल र भ्रामक साचार प्रकाशन तथा प्रशारण गरेर जनतामा भ्रम सिर्जना गरेको भन्दै प्रेस काउन्सिलले कार्वाही तथा सचेत गराएको छ । प्रेस काउन्सिलले जारी गरेको सूचनामा नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान उपाध्यक्ष तथा हालका सल्लाहाकार समेत रहेका सञ्चालक रहेका अनलाइन पत्रिकालाई कारबाहीको दायरामा राखेको छ ।

निर्वाचन आचारसंहिता विरुद्ध समाचार सम्प्रेषण गरेकाले प्रेस काउन्सिल नेपालले आचारसंहिता विपरितका समाचार तथा गलत गतिविधिका समाचार सम्प्रेषण गरेका सञ्चार माध्यम र अनलाइन पत्रिकाहरुहरुलाई कार्वाही गरेको हो ।

रुपन्देही कार्यक्षेत्र भएको र निर्वाचनका बेला आधार विहनि र प्रमाण विहिन समाचार सम्प्रेषण गर्दै आएको बिना दर्ताको “अरु के छ“ नामक अनलाइनलाई कारवाही गरेको छ । अरु के छ अनलाइनलाई निर्वाचन आचारसंहिता प्रतिकूल सामाग्री सम्प्रेषण गर्ने, नियमानुसार दर्ता ÷ सूचीकरण नभएकोले प्रेस काउन्सिलले नेपाल भित्र सम्प्रेषण हुन नसक्ने गरि कारबाही गरेको छ । 

नेपाल प्रेस चौतारी रुपन्देहीका कार्यसमिति सदस्य पोषकान्त पोखरेलको नाममा दर्ता भएको अनलाइननमा सम्पादकीय विवरण नै छैन ।

यो अनलाइनले बुटवलको लागि गठबन्धन तर्फका मेयरका उम्मेदवार बिरुद्ध भ्रामक सामग्री प्रकाशन गरेको आरोप छ । 

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष तथा तिलोत्तमा मिडिया क्लवका निवर्तमान अध्यक्ष लक्ष्मण पौडेलले समेत दर्ता विनाको यही अनलाइलाई प्रयोग समाचार लेख्दै र प्रकासन गर्दै आएका थिए । रुपन्देहीको तिलोत्तमा ठेगाना राखिएको यो अनलाइन सूचना विभागमा भने दर्ता भएको छैन । तथ्य र प्रमाण विनाका समाचार प्रकाशित गर्ने अरु के छ नामक अनलाइन सदाका लागि बन्द गर्ने तयारी भएको प्रेस काउन्सिलले जनाएको छ ।

यो अनलाइनलाई कारवाही गर्दै बैशाख २२ गतेदेखि नै बन्द गर्ने निर्णय भएको जनाउंदै सबै ईन्टरनेट सेवा प्रदायकलाई पनि पत्राचार गरिएको प्रेस काउन्सिलले जनाएको छ ।

यता नेपाल पत्रकार महासंघ रुपन्देहीका निबर्तमान उपाध्यक्ष तथा हालका सल्लाहाकार दिनेश पाण्डेले संचालन गरेको अनलाइन समयचक्र डटकमलाई पनि प्रेस काउन्सिलले कारबाही गरेको छ । निर्वाचन आयोगको आचारसंहिता विपरित अनर्गल र भ्रामक समाचार सम्प्रेषण गरेको भन्दै प्रेस काउन्सिल नेपालले समयचक्र डटकम लाई कारबाही गरेको हो । काउन्सिलले समयचक्रलाई आचारसंहिता पालनामा सजग रहन समेत निर्देशन दिएको छ । यस्तै अफवाह फैलाउने, जनतामा भ्रम सिर्जना गर्ने विना आधार, प्रमाण र तथ्य विनाका समाचार प्रकाशित गरेमा र यस्तै उजुरी आएमा अनलाइन नै बन्द गरिने समेत प्रेस काउन्सिलले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ठेगाना रहेको समयचक्र अनलाइन दिनेश पाण्डेले चलाए पनि प्रधानसम्पादक भने पाण्डेकै आफ्नै छोरी(विबाहित) आस्था पाण्डेको नाम छ ।  मिडिया प्लस प्रा. ली. द्वारा सञ्चालित अनलाइन कार्यकारी सम्पादकमा दिनेश पाण्डेको नाम छ । अनलाइनले निर्वाचनको समयमा अनर्गल प्रचार गर्नुका साथै  गृहमन्त्री बालकृष्ण खाणसँग जोडेरअनर्गल प्रचार गरिएको आरोप छ ।  

यस्तै नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष तथा एमाले कार्यकर्ता डोलाराम घिमिरे (डि आर) प्रधान सम्पादक एवं प्रवन्ध सञ्चालक रहेको अनलाइन ई खबर नेपाल डटकमलाई पनि प्रेस काउन्सिल नेपालले कारवाही गरेको छ । प्रेस काउन्सिलले आचारसंहिता बिपरितका समाचार प्रकाशित गरेको भन्दै घिमिरे सहित उनको अनलाइनलाई सचेत गराएको छ । 

स्वाधिन मिडिया प्रा. लि.द्वारा सञ्चालित ई खबर नेपाल अनलाइनको सम्पादक भने नारायणप्रसाद गौतम रहेका छन् । अनलाइनको ठेगाना बुटवल, वडा नं ११ पुष्पलाल पार्क राखिएको छ । लुम्बिनीअनलाइन लगायतमा समाचार प्रकाशित छ ।  


कमेन्ट गर्नुहोस्