
तिलोत्तमा सिटी,२०७९ बैशाख २७ गते । तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्ष पदका उम्मेदवार लवरु चौधरीको गएराति मृत्यु भएको छ । काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा चौधरीको मृत्यु भएको हो। नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीलाई चुनाव प्रचारको क्रममा विरामी परेपछि उपचारका लागि दुईपटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियोे । तर, स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि काठमाडौंको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको थियो । तुलसीपुरको बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धी समस्याबाट पीडित थिए । चौधरीले यसअघिको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका–१७ को वडा सदस्य भएर काम गरेका थिए ।
कमेन्ट गर्नुहोस्