लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

प्रधानमन्त्रीले आज गृह जिल्लाको चुनावी सभालाई सम्बोधन गर्दै

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज गृह जिल्ला डडेल्धुरामा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । सोमबार गृह पालिकाको चुनावी सभालाई सम्बोधन गरेका देउवाले आज जिल्ला सदरमुकाम र परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  सदरमुकाममा बिहान साढे १० बजे सम्बोधन गरेका प्रधानमन्त्रीले अहिले दिउँसो २ बजे पछि परशुराम नगरपालिकाको सभालाई सम्बोधन गर्नेछन् । सोमबार डडेलधुरा पुगेका देउवा ३० गते निर्वाचनमा पतदान गरेर मात्रै काठमाडौं फर्कनेछन् । प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको वडा न १ को असिग्राम मा वि बुथ केन्द्रमा मतदान गर्नेछन् । कांग्रेसले मोरङबाट चुनावी सभाको सुरुवात गरेको थियो ।


कमेन्ट गर्नुहोस्