लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

वडानम्बर-६ का वडाबासीले बिकाससंगै निकास पाउछन : वडा अध्यक्ष उम्मेदवार शिवकुमार पाठक

IMG

तिलोत्तमा सिटी, बैशाख २६ गते २०७९ । नेकपा एमालेबाट तिलोत्तमा वडा नं. ६ का वडा अध्यक्षका उम्मेदवार बनेका शिव कुमार पाठकले वडाको सन्तुलित विकास गर्ने, पुरा भएका योजनाको दिगोपन र अधुरा कामको पुर्णताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । उअले समग्र वडाको बिकासले वडा बासीको सुबिधाको सबै कुरा पाउने र वडामा भएका विभिन्न खाले समस्याको निकास समेत पाउने प्रतिबद्दता ब्यक्त गरे। वडा नं. ६ मा घरदैलो कार्यक्रममा उहांले मतदाता सामु वडाका सवै सडक ग्राभेल गर्दै क्रमस कालोपत्रे, शुशासन कायम गर्न र जनताको सेवक बन्न आफुलाई मत दिनुपर्ने बताए। संगम टोल, पुरानो सडकमा भएको घर दैलो कार्यक्रममा उनले पोल, तार ह्युम पाईपको उपलब्धता गर्ने, हाटबजारको स्तोन्नती गर्ने, चोक चोकमा सिसिटीभि क्यामरा जडान, ईमर्जेन्सी साईरन जडान गर्ने प्रतिबद्धता मतदाता सामु व्यक्त गरे ।


आफु राजनीतिमा एउटा पुरानो सामाजिक कार्यकर्ता भएको बताउदै उनले समाजमा भएका विभिन्न नकारात्मक र सकारात्मक कुराको आफु जानकार भएको बताए।  वडाको समग्र कृषि र बजारीकरणलाइ जोडेर समृद्ध वडा र नमुना वडा बनाउने उनले बिश्वास ब्यक्त गरे।  सबै घरमा चुल्हो बल्नुपर्छ, सबैले गास बास र कपास संगै शिक्षा स्वास्थ्य र रोजगारको अनुभूति गर्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पाठक कोहि कसैको समस्यामा आफु परिवार भएर अघि बढ्ने बताए।जेठ नागरिक मिलन केन्द्र, ध्यान केन्द्र, योगा कार्यक्रम, मठ मन्दिरको संरक्षण, खानेपानी विद्युत जडानलाई सहज र सर्वसुलभ गराउने सो अवसरमा बताए।विद्यालयका शैक्षिक स्तोन्नती, भौतिक संरचना निर्माण, अपाङगमैत्री बालउद्यान निर्माण, खेलमैदानको स्तरउन्नतीका सार्थ बृद्धभत्ता, सामाजिक सुरक्षा भत्ताको नविकरण कार्य घरघरमै उपलब्ध गराउने उनको भनाई छ ।वडा नंं ६ बाट अध्यक्षमा पाठक सहित सदस्यमा दिल कुमारी बोहोरा, सुकुमाया नेपाली, यज्ञमुर्ती जैसी र नर बहादुर छन्तेल चुनावी मैदानमा छन्।



कमेन्ट गर्नुहोस्