
तिलोत्तमा सिटी, बैशाख २५ गते २०७९ । नेपाली कांग्रेस तिलोत्तमा वडा न. ९ ले शनिबार मंगलापुर चोकमा कोणसभा सम्पन्न गरेको छ । बैशाख ३० गतेको आसन्न निर्वाचनलाई मध्यनजर राखेर कोणसभा सम्पन्न गरिएको नेपाली काँग्रेस तिलोत्तमा ९ निर्वाचन परिचालन कमिटीले जानकारी दिएको छ ।
मंगलापुरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस तिलोत्तमाका मेयर पदका उम्मेदवार रामकृष्ण खाँडले, नेपाली कांग्रेसले चुनाब जित्ने पक्का भैसकेको बताएका छन् । उनले तिलोत्तमाका हरेक क्षेत्रलाई बिकाशसिल बनाउन उम्मेदवारी दिएको बताएका छन् । नेकपा एमालेलाई बिरामी घोडाको संज्ञा दिदै एमालेबाट जनताले कुनै आशा र अपेक्षा राख्नु दिवासपना मात्र हुने ठोकुवा गरे । तिलोत्तमा नगरपालिकालाई करमुक्त र भ्रस्टाचारमुक्त बनाउन नेपालि काँग्रेसले कुनै कसर बाँकी नराख्ने बताए । नेता खाँडले तिलोत्तमामा चक्रपथको निर्माण गरेर बिकाशको नया नमुना पेश गर्ने समेत बताएका छन् । कार्यक्रममा बोल्दै संयुक्त गठबन्धन तर्फ़का उपमेयर पदका साझा उम्मेदवार
हेमन्त पाण्डेयले, सिद्धार्थ राजमार्गलालाई भजाएर एमालेले भोट माग्दै हिडेको आरोप लगाए । उनले तिलोत्तामाका भित्रि भेगहरुको अवस्था अत्यन्त दयनिय रहेको र बिकाशका कुनै पनि पूर्वाधारले गति नपाएको समेत औल्याए । अहिलेसम्मको घर दैलो र चुनाबी सभाले पनि तिलोत्तमाको जनमत आफुहरुको पक्ष्यमा रहेको प्रस्ट देखिएको उनले बताए । ''पूर्व उपमेयरकै गाउँ गंगोलियाको अवस्था दयनिय रहेको भन्दै उनले यो ५ बर्षको अवधिमा उपमेयरले एउटा पनि देखिने र जनताले महसुस हुने काम गर्न नसकेको भन्दै आलोचना समेत गरे । कार्यक्रममा बोल्दै संयुक्त गठबन्धनका लागी तिलोत्तमा ९ का वडा अध्यक्ष पदका उम्मेदवार धुर्ब न्यौपानेले, आफुहरु जीत तर्फ़ लम्किरहेको बताए । घरदैलोका क्रममा जनताका हरेक समस्यासँग चिरपरिचत भएको र जनता कै पक्षमा काम गर्ने प्रण समेत गरेका छन् । मुख्यतया हामी गुणस्तरीय शिक्ष्या,स्वास्थ्य र बिकाश निर्माणमा प्रतिबद्ध छौ न्यौपानेले, ''हामीले वडामा जीत हासिल गरे पश्चात अपांगता भएका एवं बृद्धहरुलाई वडा कार्यालय आउन नपर्ने गरि वडाका सम्पूर्ण कामहरु घरबाटै गर्ने व्यवस्था मिलाउने छौ, ''उनले भने ।
कोणसभामा संयुक्त गठबन्धनको तर्फबाट विभिन्न पदका लागी उम्मेद्घारी दिएका उम्मेदवारहरूले समेत मन्तब्य दिएका थिए । आसन्न बैशाख ३० गतेको निर्वाचनका लागि गठबन्धनले महिला सदस्य पदमा मिस्सु शाही, दलित महिला वडा सदस्य पदमा सिर्जना बुडाप्रिथि, खुल्ला वडा सदस्य पदमा गोपाल बश्याल र खुल्ला वडा सदस्य पदमै हर्क बहादुर पुनलाई उम्मेदवार बनाएको छ । नेपालि कांग्रेस र नेकपा माओबादीको संयुक्त गठबन्धनले घरदैलो र चुनाबी सभा संगै दिनहु जसो कोणसभा पनि गरिरहेको छ । घरदैलो २८ गतेसम्म नियमित जारी रहने नेपाली कांग्रेस तथा नेकपा माओबादि केन्द्रका संयुक्त गठबन्धनले जानकारी दिएको छ । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ । कोण सभाको सन्चालन दुर्गा पाण्डेयले गरेका थिए ।
कमेन्ट गर्नुहोस्