
तिलोत्तमा सिटी, बैशाख २४ गते २०७९ । तिलोत्तमा नगरपालिकालाई करमुक्त बनाउने योजना अघि सारेको नेकपा एकीकृत समाजवादीका तिलोत्तामाका उपमेयर पदका उम्मेदवार सञ्जीव भण्डारीले हाम्रालाई होइन राम्रालाई रोज्न आग्रह गरेका छन् । चुनाबी सभा घरदैलो र कोणसभामा ब्यस्त रहेका नेकपा एकीकृत समाजवादीको फजुल खर्च कटौती गरी नगरपालिकाले लिने कुनै पनि कर नलिने (ट्याक्स फ्री) बनाउने योजनालालाई स्थानिय बासिन्दाले पनि मन पराएका छन् ।
तिलोत्तमाका विभिन्न क्षेत्रको घर दैलो र चुनाबी सभामा ब्यस्त रहेका मेयर पदका उम्मेदवार आशाकुमारी चौधरी र उपमेयरमा इञ्जिनियर सञ्जीव भण्डारीलाई यहाँका बासिन्दाले मत दिने प्रतिबद्धता जाहेर गर्दा हौसला झनै बढेर उम्मेदवारहरुले प्रतिक्रिया दिएका छन् ।
पारदर्शिता र जवाफदेहितालाई पहिलो प्राथमिकतामा राख्दै कार्यपालिकाको बैठक रेडियो, टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने एकीकृत समाजवादीको प्रतिवद्धता छ । नगरप्रमुख र उपप्रमुखले हाल सुविधा लिदै आएको गाडी, नेपाल प्रहरी र एम्बुलेन्स सञ्चालनका लागि प्रयोग गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । नगरपालिकाका पदाधिकारीले आफ्नै निजी साधन प्रयोग गर्ने एकीकृत समाजवादीका उम्मेदवारहरुको प्रतिबद्धता छ । सामुदायिक विद्यालयमा शुल्क बन्देज एकीकृत समाजवादीले तिलोत्तमा नगरमा सामुदायिक विद्यालयले अंग्रेजी माध्यमको वहानामा शुल्क लिन नपाउने ब्यवस्था गर्ने जनाएको छ । संस्थागत विद्यालयले लिने शुल्क र गुणस्तर लेखाजोखा गर्ने, शिक्षाको विकासका लागि आवश्यक बजेट छुट्याउने योजना राखेको उपमेयरका उम्मेदवार इञ्जिनियर सञ्जीव भण्डारीले बताए । उनका अनुसार तिलोत्तमा वडा नं १३ र १४ मा इञ्जिनियरिङ कलेज, १०÷११ मा कृषि क्याम्पस सञ्चालन गरिनेछ । त्यस्तै तिलोत्तमा नगरपालिकाले हालै निर्माण गरेको वनवाटिकास्थित भ्यू टावरलाई व्यवस्थपन कलेज बनाउने उनले बताए । सिटी कार्ड लागू गरिने तिलोत्तमा नगरपालिकाका नागरिकका लागि सिटी कार्ड बनाउने एकीकृत समाजवादीको प्रतिबद्धतापत्रमा उल्लेख छ । नगरपालिकाले प्रदान गर्ने सेवा, सार्वजनिक यातायात, स्वास्थ्य सेवा र अन्य सुविधामा छुट दिने जनाइएको छ । तिलोत्तमामा सञ्चालित रोजगारी प्रदान गर्ने उद्योगलाई कर मिनाहा, बेरोजगार र सीप खोज्ने युवा विद्यार्थीलाई मासिक १० हजार तलब दिएर तालिम दिने व्यवस्था गर्ने मेयरका उम्मेदवार आशाकुमारी चौधरीले बताइन् । उनले तिलोत्तमा क्षेत्रको मौलिकता र संस्कृतिको संरक्षणमा समेत बिशेष ध्यान दिने बताइन् । उनका अनुसार वृद्ध भत्ता, एकल महिला भत्ता जस्ता सामाजिक सुरक्षाका रकमहरु महिना महिनामा वितरण गरिनेछ । अव्यवस्थित बसोबास भएका र सुकुम्बासीलाई न्यूूनतम राजस्व तिरेर स्वामित्व प्रदान गर्न पहल गर्ने प्रतिबद्धता एकीकृत समाजवादीले जनाएको छ । तिलोत्तमामा एकीकृत समाजवादी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ ।
कमेन्ट गर्नुहोस्