
तिलोत्तमा सिटी,२०७९ बैशाख २४ गते । आशन्न स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो जित सुनिश्चित गर्न तिलोत्तमा ५ मा गठबन्धनका साझा उम्मेद्वारको घरदैलो अभियान उत्साहपूर्ण रहेको नेता कार्यकर्ताले जनाएका छन् । गठबन्धन तिलोत्तमा वडा- ५ ले निर्वाचन मुखमै आउँदै गर्दा चुनाब केन्द्रित कार्यक्रमलाई झनै तिब्र पारेको हो । चुनाब नजिकिदै गर्दा तिलोत्तमा ५ का गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ता वडाका विभिन्न क्षेत्रहरुमा मत माग्दै हिडेका छन् । मत माग्न गठबन्धनका साझा उम्मेद्वारहरु तिलोत्तमा ५ का सबै छेत्रमा घुमेका छन् ।
तिलोत्तमा ५ का बासिन्दाले नेपाली कांग्रेसको जीत सुनिचित रहेको भन्दै सुभकामना दिएको वडा नम्बर ५ तिलोत्तमाका गठबन्धनका साझा अध्यक्ष पदका उम्मेदवार रमेश डुम्रेले जानकारी दिएका छन् । नेपालि कांग्रेस र नेकपा माओबादीका संयुक्त गठबन्धनले तिलोत्तामाका विभिन्न ठाउहरुमा कोणसभा समेत गरिरहेको छ । गठबन्धनले वडा अध्यक्ष पदका उम्मेदवार रमेश डुम्रे, महिला सदस्य पदका उम्मेदवार धर्मादेवी न्यौपाने, दलित महिला पदका उम्मेदवार प्रमिला सुनार र सदस्य पदका उम्मेदवार हरी पन्त, हिरा गिरी लगायतलगायतको टोलि दिनरात नभनी मत माग्न ब्यस्त देखिएका छन् । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्