लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमालाई भ्रष्टाचारमुक्त गर्ने जनमुक्ति पार्टीको प्रतिवद्धता

IMG

तिलोत्तमा सिटी,बैशाख १९ गते २०७९। राष्ट्रिय जनमुक्ति पार्टीले स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त बनाउने प्रतिवद्धता ब्यक्त गरेको छ । नयाँमिलमा घरदैलो अभियानलाई सम्बोधन गर्दै पार्टीका मेयर उम्मेदवार सुन्दर गुरुङले ‘सबै खाले विभेदको अन्त्य र भ्रष्टाचारमुक्त सरकार’ नारासहित विभिन्न ९ क्षेत्र समेटेर ६२ बुँदे प्रतिवद्धता ब्यक्त गरेका हुन्।बुटवलमा एमालेसँग तालमेल गरेको जनमुक्ति पार्टी तिलोत्तमामा भने मेयरमा सुन्दर गुरुङ र उपमेयरमा गीता सारुको नेतृत्वमा १६ वटै वडामा अध्यक्षसहित उम्मेदवारी दिएर एक्लै चुनाव लड्दै छ ।

नगरमा पुर्वाधार निर्माण गर्नुअघि एकीकृत विकास योजना बनाउने, सामूहिक कृषि प्रणालीलाई प्राथमिकता दिंदै नगरपालिकाको लगानीमा मेगा एग्रो फार्म सञ्चालन गर्ने, नगर अस्पताल सञ्चालन गरी विपन्न, महिला, बालबालिका, जेष्ठ नागरिकको निशुल्क स्वास्थ्य उपचार, खानेपानी र विद्युत महशुल निशुल्क गर्ने केहि दिन अघि सार्बजनिक प्रतिवद्धतापत्रमा उल्लेख छ ।


यस्तै नगर खेलकुद एकेडेमी सञ्चालन गरी खेल क्षेत्रका प्रतिभालाई प्रोत्साहन भत्ता दिने, हरेक वडामा एउटा पार्क र पुस्तकालय स्थापना, ट्रली बस सञ्चालन र नगरपालिकालाई शैक्षिक हबको रुपमा विकास गर्ने योजना रहेको मेयरका उम्मेदवार सुन्दर गुरुङले बताए ।उपमेयरकी उम्मेदवार गिता सारुले स्थानीय तहमा उपलब्ध रोजगारी र अवसरहरूमा महिलाहरूका लागि ५० प्रतिशत कोटा सुनिश्चित गर्ने तथा उत्पिडित, दलित, अल्पसंख्यक समुदायका विद्यार्थीहरूलाई मासिक प्रोत्साहन भत्ता दिने, बहुभाषिक शिक्षा कार्यक्रम कार्यान्वयन गर्ने बताइन् ।पार्टीबाट वडा नं. १ को अध्यक्षमा जीवन बुढाथोकी मगर, २ मा भिम बहादुर राना मगर, ३ मा केशरी तरामु गाहा मगर, ४ मा मधु थापा मगर, ५ मा कमल गलामी मगर र ६ मा राधिका श्रीस मगरले उम्मेदवारी दिएका छन् ।


यस्तै वडा नं. ७ मा गिरिप्रसाद राना मगर, ८ मा प्रेमबहादुर बिरकट्टा मगर, ९ मा आश बहादुर गुरुङ्ग, १० मा महादेव थारु, ११ मा प्रेम ब कनौजे मगर,१४ मा भोम बहादुर बुढा मगर, १५ मा युद्ध फगामी मगर, १६ मा दिलमाया गुरुङ्ग र वडा नं. १७ मा फुलमाया चौधरी उम्मेदवार छन् । पार्टीले अहिले वडा वादमा घरदैलो कार्यक्रमलाई तिब्रता दिएको छ। 

कमेन्ट गर्नुहोस्