लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आजबाट सबै मतपत्र छपाइको काम सकिने

IMG

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ ।  जनक शिक्षा सामग्री संस्था लिमिटेडले आजबाट सबै मतपत्र छपाइ को काम सक्दैछ । निर्वाचन आयोगले दिएको निर्देशनअनुसार केन्द्रले तोकेको मितिमा सबै मतपत्र छपाइ पूरा गरेको हो । केन्द्रका प्रवक्ता चित्र आचार्यले दिएको जानकारीअनुसार आज मंगलबार बिहानसम्म सबै स्थानीय तहको मतपत्र छपाई पूरा हुनेछ। हिजो सोमबार जनक शिक्षाले पोखरा, विराटनगर र भरतपुर महानगरपालिकाको मतपत्र छपाई सुरु गरेको थियो । मतपत्र छपाइपछि दुई दिन प्याकिङको काम सकेर २३ गतेसम्म देशैभरका निर्वाचन कार्यालयमा मतपत्र पुगिसक्ने बताइएको छ। आयोगले उम्मेदवारको सङ्ख्या बढेको केही स्थानीय तहको मतपत्र पुनः छपाइ गर्न दिएको थियो । निर्वाचन आयोगले तीन दिनअघि ६ महानगर र भक्तपुरका ४ नगरपालिकाको मतपत्रको डिजाइन जनक शिक्षामा पठाएको थियो । 


कमेन्ट गर्नुहोस्