लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पर्वतको मोदी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गुप्त हमाल ‘सन्देश’

tillotmacitynews - 2022 May 03 07:56 PM
IMG
  • तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ !  पर्बतको मोदी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार गुप्त हमाल ‘सन्देश’ लाई जिताउन अभियान थालिएको छ । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पर्वत जिल्ला इञ्चार्ज हमाल देशको धनी गाउँपालिकाका उम्मेदवार हुन् । यस्तै नेपाली कांग्रेसबाट उपाध्यक्ष पदका उम्मेदवार रामबहादुर प्रसाईं रहेका छन् ।     विकास, समृद्धि र सुशासनका दृष्टिले असल, कुशल र ‘हेभीवेट’को उम्मेदवारका रुपमा हमाललाई लिइएको छ । यहि वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनले अत्यधिक मत लिएर जित्ने आज मंगलबार आयोजित एक कार्यक्रममा बताइएको छ ।

‘हसियाँ–हथौंडामा मतदान गरी मोदीको सुन्दर भविष्य सुरक्षित गरौं’ भन्ने मुख्य नारासहित हमलालाई जिताउन उक्त गाउँपालिकाका स्थानीय यतिबेला जुटिरहेका छन् । निर्वाचनको मुख्य दिन आउन अब १० दिन मात्रै बाँकी छ । पालिकाभित्रका ८ वटै वडामा गठबन्धनका उम्मेदवारलाई विजयी गराएर समृद्ध मोदीको सपना सार्थक पार्न पनि आग्रह गरिएको छ । कार्यक्रममा माओवादी केन्द्रका नेताा मनहरि तिमिल्सिना, कांग्रेस पूर्व जिल्ला सचिव विश्वप्रकाश प्रसाईं, कांग्रेस महाधिवेशन प्रतिनिधि मीना केसी, कांग्रेस जिल्ला उपाध्यक्ष चुडामणि शर्मालगायत आठ सय भन्दा बढीको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्