
तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ । पूर्व मन्त्रि एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य घनस्याम भुसालले नेकपा एमाले जीतको ग्यारेन्टी गरेर चुनाबमा गएको बताएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले देशव्यापी विजय हासिल गर्ने बताउदै जीतको आधार तैयार भैसकेको उनको भनाइ छ । उनले रातदिन एक गरेर तिलोत्तामालाई सम्बृद्ध बनाउने तर्फ़ आजैबाट लाग्न नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । नेकपा एमाले प्रचार प्रसार कमिटी वडा न ९ तिलोत्तमाले मंगलबार आयोजना गरेको चुनाबी सभालाई सम्बोधन गर्दै भुसालले सो कुरा बताएका हुन् ।
संगठनात्मक हिसाबले एमाले अहिले मजबुत अवस्थामा छ, ''राष्ट्रिय राजनीतिमा नेकपा एमालेको अर्को विकल्प छैन'' भुसालले भने । तिलोत्तमाको अबको १० वर्ष पछीको समृद्धि हेरेर सोहि अनुसार काम गर्ने र तिलोत्तमालाई देशकै नमुना बनाउने अठोट समेत ब्यक्त गरेका छन् । नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार मोहन चापागाईलाई लक्षित गर्दै भुसालले भने, बिद्यार्थीकाल देखि नै पुलिसको लाठी डण्डा खादै राजनीतिमा आएका हुन्, पत्रकार भएको हिसाबले बोल्न मात्रै होइन काम गर्न पनि जानेका व्यक्ति हुन् । नेता भुसालले, तिलोत्तमा वडा न ९ का अध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारीले समेत सहजै चुनाब जित्ने विश्वास ब्यक्त गरे ।
कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार मोहन चापागाईले, आम-जनसमुदायको भावना र मर्मलाई ध्यानमा राखेर काम गर्ने र सम्बृद्ध तिलोत्तमालाई अझै उचाईमा पुराउने बचनबद्धता ब्यक्त गरे । कार्यक्रममा उपमेयर पदका उम्मेदबार जगेश्वरदेवी चौधरी, राष्ट्रिय सभा सदस्य गोपाल भट्टराई, एमाले जिल्ला सचिब यज्ञ गैरे, वडा न ९ का अध्यक्ष पदका उम्मेदवार बाबुराम भण्डारी, सदस्य पदका उम्मेदवार कमल रेग्मी, खिमलाल पाण्डे, साहित्यकार एवं प्राध्यापक ऋषिराम भुसाल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन शंकर भुसालले गरेका थिए ।
कमेन्ट गर्नुहोस्