लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

देश बनाउने जिम्मा अब एकीकृत समाजवादीको काँधमा - संजीव भण्डारी

tillotmacitynews - 2022 May 03 03:43 PM
IMG

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ ।  नेकपा एकीकृत समाजवादी तिलोत्तमाले घरदैलो अभियान तिब्र पारेको छ । एकीकृत समाजवादीले दिनहु जसो तिलोत्तमाको ग्रामिण एवं सहरीक्षेत्र सबैतिर घरदैलो र कोणसभा गरिरहेको छ । देश दुर्घटनामा पर्नबाट बचाउने पाटी नेकपा एकीकृत समाजवादी भएकोले देश बनाउने जिम्मा पनि सुम्पिने स्थानीयले बताएका छन् । साथै अब देश बनाउने जिम्मा एकीकृत समाजवादीको काधमा आएको भन्दै त्यसका लागि जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका छन् । जनतालाई परेको बेला सहयोग गर्ने र कृषि सामाग्री सहज रुपमा पुर्‍याउन एकीकृत समाजवादी सदैब तयारी हुने तिलोत्तमा नगरपालिकाका उपमेयर पदका उम्मेदवार सन्जिव भण्डारीले बताए । समाजवादी तिलोत्तमाले निर्वाचन जिते खोलामा हुने चोरी निकासी बन्द गर्दा नगरपालिकाको आम्दानीमा वार्षिक ५० करोड बचाउन सकिने भएकोले सम्पत्ति करको नाममा उठाइने १२ देखि १५ करोड सम्मको रकम मिनाहा गर्न सकिने भण्डारीले बताए । ‘अहिलेको स्थानीय सरकारले वार्षिक २२ करोड फजुल (अनुत्पादक) खर्च गरेकोले यस्ता खर्च कटौति गरि जनतालाई सुविधादिनेछौ’, भण्डारीले  तिलोत्तमा सिटीसंग  भने ।


कमेन्ट गर्नुहोस्