लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गठबन्धन दल काङ्ग्रेस र माओवादी केन्द्रको घरदैलौ अभियान जारी

tillotmacitynews - 2022 May 03 03:22 PM
IMG

तिलोत्तमा सिटी, बैशाख २० गते २०७९ ।  तिलोत्तमा ९ को संयुक्त गठबन्धनका नेता कार्यकर्ता आज पनि घरदैलोमा ब्यस्त बनेका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादीका तर्फबाट उम्मेद्वार भएकाहरुले दैनिक रुपमा घरदैलो र कोणसभा गरिराखेका छन्   ।  मंगलबार  वडाको  तुलसीपुर र केवालानी लगायतका क्षेत्रमा घरदैलो सम्पन्न गरिएको छ ।   सो क्रममा घरदैलौमा सहभागी गठबन्धनका उम्मेदवारहरुले त्यहाँका नागरिकहरुको समस्या समाधान गर्नका लागि जस्तोसुकै कार्य गर्ने बताएका छन् । घरदैलौमा नेपाली काङ्ग्रेस तिलोत्तमा ९ का वडा अध्यक्ष पदका उम्मेदवार ध्रुब न्यौपाने, महिला सदस्य पद मिस्सु शाही, दलित महिला वडा सदस्य पदमा सिर्जना बुडाप्रिथि, खुल्ला वडा सदस्य पदका गोपाल बश्याल र खुल्ला वडा सदस्य पदका  हर्क बहादुर पुनको सहभागिता छन ।  घरदैलो  २८ गतेसम्म नियमित जारी रहने नेपाली कांग्रेस तथा नेकपा माओबादि केन्द्रका संयुक्त गठबन्धनले जानकारी दिएको छ । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ । 

यससँगै गठबन्धनका वडा उम्मेदवारहरुले पनि टोलटोलमा गएर घरदैलो अभियानमा सरिक भएर भोट माग्ने कार्यलाई तिव्रता दिएका छन । उम्मेद्वारहरुले घरदैलौ पुगेर परिवर्तनका पक्षमा आफुहरुलाई भोट हाल्न आग्रह गरेका छन । 


कमेन्ट गर्नुहोस्