लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-९ मा गठबन्धनको चुनाबी कार्यक्रम तिब्र

tillotmacitynews - 2022 May 02 10:47 AM
IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९ । आशन्न स्थानिय तह निर्वाचन २०७९ मा आफ्नो जित सुनिश्चित गर्न गठबन्धनका साझा उम्मेद्वारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । गठबन्धन तिलोत्तमा वडा- ९ ले निर्वाचन मुखमै आउँदै गर्दा  वडा- ९ चुनाब केन्द्रित कार्यक्रमलाई झनै तिब्र पारेको हो । चुनाब नजिकिदै गर्दा तिलोत्तमा ९  का गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ता वडा न ९ का का विभिन्न क्षेत्रहरुमा मत माग्दै हिडेका छन् । मत माग्न गठबन्धनका साझा उम्मेद्वारहरु तिलोत्तमा ९ को प्लटलाईन, टिका भवन चोक, सिद्दार्थ चोक लगायतका क्षेत्रमा ब्यस्त बनेको हो । चुनाव प्रचार प्रसारका लागि अब थोरै समय बचेकाले घरदैलो सहित चुनावी कार्यक्रमलाई तिव्र पारेको कांग्रेसका ९ का  वडा अध्यक्ष पदका उम्मेदवार ध्रुब न्यौपानेले जानकारी दिएका छन् । 


चुनाव प्रचार प्रसारका लागि अब थोरै समय बचेकाले घरदैलो सहित चुनावी कार्यक्रमलाई तिव्र पारेको कांग्रेसका ९ का  वडा अध्यक्ष पदका उम्मेदवार ध्रुब न्यौपानेले जानकारी दिएका छन् ।  गठबन्धनले महिला सदस्य पदमा मिस्सु शाही, दलित महिला वडा सदस्य पदमा सिर्जना बुडाप्रिथि, खुल्ला वडा सदस्य पदमा गोपाल बश्याल र खुल्ला वडा सदस्य पदमै हर्क बहादुर पुनलाई उम्मेदवार बनाएको छ ।  नेपालि कांग्रेस र नेकपा माओबादीको  संयुक्त गठबन्धनले घरदैलो र चुनाबी सभा संगै दिनहु जसो कोणसभा पनि गरिरहेको छ । घरदैलो  २८ गतेसम्म नियमित जारी रहने नेपाली कांग्रेस तथा नेकपा माओबादि केन्द्रका संयुक्त गठबन्धनले जानकारी दिएको छ । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ । 


कमेन्ट गर्नुहोस्