
तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९ । गठबन्धन तिलोत्तमा वडा- ५ ले आफ्नो वडा तथा टोल क्षेत्रका विभिन्न भागमा घरदैलो एवं कोणसभालाई दैनिक रुपमा तिब्रता दिएको छ। चुनाब नजिकिदै गर्दा तिलोत्तमा ५ का गठबन्धनमा आबद्ध नेता तथा कार्यकर्ता चुनाबी घरदैलोमा ब्यस्त बनेका हुन् । बिहानैबाट सुरु भएको घरदैलो कार्यक्रममा सयौको संख्यामा कार्यकर्ताहरु अन्तर्गत मणिग्राम हुदै प्रभात पथ, पुरानो सडक तथा प्यारमाउण्ट चोक देखि नयामिल सम्मका क्षेत्रमा घर दैलो सम्पन्न गरेको छ ।
सो अवसरमा सो भेगका बासिन्दाले नेपाली कांग्रेसको चुनाबी कार्यक्रमलाई अझ तिब्र रुपमा लैजान आग्रह गरेको वडा नम्बर ५ तिलोत्तमाका साझा अध्यक्ष पदका उम्मेदवार रमेश डुम्रेले जानकारी दिएका छन् । यस अघि नेपालि कांग्रेस र नेकपा माओबादीका संयुक्त गठबन्धनले कफिकम्पनीमा कोणसभा समेत सम्पन्न गरेको थियो । सो अवसरमा वडा अध्यक्ष पदका उम्मेदवार रमेश डुम्रे, महिला सदस्य पदका उम्मेदवार धर्मादेवी न्यौपाने, दलित महिला पदका उम्मेदवार प्रमिला सुनार र सदस्य पदका उम्मेदवार हरी पन्त, हिरा गिरी लगायतले बोल्दै समग्र तिलोत्तमा -५ को बिकासका लागि एकबद्ध भएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
घरदैलो २८ गतेसम्म नियमित जारी रहने नेपाली कांग्रेस तथा नेकपा माओबादि केन्द्रका संयुक्त गठबन्धनले जानकारी दिएको छ । संयुक्त गठबन्धनले तिलोत्तमाको मेयर पदमा नेपाली कांग्रेसका जिल्ला सभापति रामकृष्ण खांड र उपमेयरमा नेकपा माओबादी केन्द्रका जुझारु नेता हेमन्त पाण्डेलाई उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्