लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पुतली चुनाव चिन्ह लिएर रैनादेवी छहरा-१ को अध्यक्षमा दिल बहादुरको स्वतन्त्र उम्मेदवारी

IMG

तिलोत्तमा सिटी, बैशाख १९ गते २०७९।  रैनादेवी छहरा गाउपालिका –१ को अध्यक्षमा दिल बहादुर रेगामीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस पार्टीबाट समाजमा राम्रो छबि बनाएका सामजिक तथा बिकाश प्रेमी व्यक्तित्व रेगामीले पार्टीले सामाजिक व्यक्तिलाई नहेरेर अचुवाको भरमा अर्को उम्मेदवार उठाएको भन्दै  रैनादेवी छहरा गाउपालिका –१ को समग्र बिकाशको खाका आफुसंग रहेको दावी गरेका छन्। 


रेगामीले दलीय दासत्व प्रणाली तोड्ने भन्दै स्थानीय तह वडा अध्यक्षमा निर्वाचनको कार्यालय  रैनादेवी छहरा गाउपालिकामा बैशाख १५ गते उम्मेदवारी दर्ता गरेका हुन्। रेगामीले आफ्नो चुनाव चिन्ह पुतली पाएपछि भनेका छन् : पुतली झैँ स्वतन्त्र भएर उड्न चाहेको मलाई जनताले पक्कै बिश्वास गर्ने छन्।  रेगामीले समग्र  रैनादेवी छहरा गाउपालिका-१ को बिकाश , शिक्षा, स्वास्थ्य, रोजगार तथा यहाको खानेपानी, ढलनिकास तथा बाताबरण पर्याबरणको क्षेत्रमा उल्लेखनिय काम गर्ने बताएका छन्। बैदेशिक रोजगारमा रहेका युवाको सिप आदानप्रदान तथा स्थानिय कृषिलाई आधुनिकीकरण र बजारीकरण गर्दै उत्पादनमा आधारित अनुदानलाई घर घरमा पुर्याउने उनको योजना छ। 


स्वास्थ्यका हिसाबले उपचारमा ढिलाई हुन नदिन स्वास्थ्य चौकीको स्तरोन्नति र सेवा प्रवाहलाई जनताको सेवा संग सामेल गराउने र शिक्षामा हरेक नागरिकको पहुँच बिस्तार गर्ने उनको भनाई छ। उनले वडालाई भ्रष्टाचारमुक्त बनाउने, वडाबाट दिइने सेवा छिटो र पारदर्शी बनाउने,सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने, प्राविधिक र व्यावसायिक शिक्षासंगै वडाको हरेक समस्या समाधान गर्ने प्रतिबद्धता सार्वजनिक गरेका छन् । रैनादेवी छहरा गाउपालिका –१ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका दिल बहादुर रेगामीले पुतली चुनाव चिन्ह प्राप्त गरेका छन्। 

कमेन्ट गर्नुहोस्