
तिलोत्तमा सिटी, बैशाख १८ गते २०७९ । नेकपा एमाले तिलोत्तमाले चुनावी अभियानलाइ तीब्रता दिएको छ । एमाले तिलोत्तमा वडा न ९ ले आज बिहानैबाट घरदैलो अन्तर्गत केवलानी हुदै तुलसीपुर मंगलापुर तथा झुमा डाडा लगायतका क्षेत्रमा घर दैलो सम्पन्न गरेको छ । सो अवसरमा सो भेगका बासिन्दाले नेकपा एमालेको चुनाबी कार्यक्रमलाई अझ तिब्र रुपमा लैजान आग्रह गरेको एमाले सदस्य पदका उम्मेदवार कमल शर्मा रेग्मीले जानकारी दिएका छन् । यस अघि आजै बिहान नेकपा एमाले तिलोत्तमा ९ ले मंगलापुरमा कोडसभा समेत सम्पन्न गरेको थियो । सो अवसरमा वडा अदक्क्ष्य पदका उम्मेदवार बाबुराम भण्डारी, नेत्र बन, महिला सदस्य पदका उम्मेदवार तारा राना, दलित महिला पदका उम्मेदवार तारा सुनार र सदस्य पदका उम्मेदवार गोबिन्द गुरुङ लबसन् लगायतले मन्तब्य दिएका थिए । घरदैलो भोलि पनि जारी रहने नेकपा एमाले रुपन्देहीले जानकारी दिएको छ । नेकपा एमालेले तिलोत्तमामा मेयर पदमा मोहन चापागाई र उपमेयरमा जागेश्वरी देवी चौधरीलाई उम्मेदवार बनाएको छ ।
कमेन्ट गर्नुहोस्