लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तामाका मेयर घिमिरेपछि ओमसतियाका प्रमुख केवटले पनि गरे आचारसंहिताको उल्लङ्घन

tillotmacitynews - 2022 Apr 30 11:07 AM
IMG

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । ओमसतिया गाउँपालिकाका मेयर हिरा केवटले निर्वाचन आचारसंहिता विपरित एमालेको चुनावी अभियानमा लागेको पाइएको छ । यहि बैशाख ३० गते हुन गैरहेको  स्थानीय तह निर्वाचनमा केवट दैनिक जसो एमालेको प्रचार अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिता अनुसार स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाइँदैन । तर मेयर केवट निर्वाचन आचारसंहिताबारे जानकार हुँदा हुँदै पनि आचारसंहिताको उल्लङ्घन गर्दै हिँडेका छन् । मेयर केवट दिनहुँजसो सरकारी गाडीको दुरुपयोग गर्दै कार्यकर्ता बोकेर एमालेको चुनावी अभियानमा लागेका हुन् । साथै प्रचारप्रसारको फोटोहरु सामाजिक सञ्जालमा घण्टै पिच्छे पोस्टाउने गरेको प्रमाण पनि भेटिएको छ । ‘बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिडिँरहेका छन्,’ ओमसतिया-५ का एक स्थानीयले भने, ‘यसलाई सम्बन्धित निकायले रोक्नुपर्छ ।’

यसअघि 

तिलोत्तमाका मेयर मेयर वासुदेव घिमिरेले पनि निर्वाचन आचारसंहिता उल्लंघन गरेको भेटिएको थियो । घिमिरे नेकपा एमालेका चुनाब प्रचारका कार्यक्रममा लगातार सहभागी भई आचारसंहिता उल्लंघन गरेका हुन् । निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीका अनुसार वहालवाला जनप्रतिनिधि पार्टीको चुनाब प्रचारमा खटिन पाउँदैनन् । ति कुरालाई पाखा लगाउदै रुपन्देहीका जनप्रतिनिधिहरुले धमाधम चुनाबी कार्यक्रममा सहभागी भएर आचारसंहिता उल्लंघन गरेको भेटिएको छ । निर्वाचन आयोगको आचारसंहिताको बुँदा ५ मा नेपाल सरकार, प्रदेश सरकार, नेपाल सरकार वा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले प्रचारप्रसार गर्न नपाउने उल्लेख छ । यस्तै तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्ने सामाजिक सञ्जाल फेसबुक पेजमा पनि एमाले उम्मेदवारको पक्षमा प्रचार सामाग्रि राखिएपछि सोको तिब्र बिरोधपछि नगरपालिकाले त्यसलाई भुलबस भन्दै हटाएको थियो । यसैगरि भरतपुरमा नेपाली काँग्रेसका बागी उम्मेदवार जगन्ननाथ पौडेललै उम्मेदवारी फिर्ता गरुन गृहमन्त्री बालकृष्ण खाँडले लबिंग गरेको प्रति पनि निर्वाचन आयोगले गम्भीर ध्यानआकृस्ट  भएको जनाएको थियो  । तर गृहमन्त्रीको आग्रहलाई बेवास्ता गर्दै पौडेलले ब्याक हुन नमानेपछि उनलाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेको छ भने पौडेल को उम्मेद्वारी कायमै रहेको छ ।  

कमेन्ट गर्नुहोस्