लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवललाई समृद्ध व्यापारिक आर्थिक केन्द्र बनाउँछु’: मेयर प्रत्यासी खेलराज पाण्डे

IMG

तिलोत्तमा सिटी, बैशाख १७ गते २०७९ । नेपाली कांग्रेसबाट बुटवल उपहानगरपालिकाको प्रमुखको लागि खेलराज पाण्डे चुनावी मैदानमा छन् । गत निर्वाचनमा पनि उनी माओवादी केन्द्र र नेपाली कांग्रेसको संयुक्त उम्मेद्वारको रुपमा चुनावी प्रतिष्पर्धामा थिए ।लामो समयदेखि बुटवलमा एमाले जित्दै आएको छ । एमाले विभाजनको बेलमा यसपटक जसरी भएपनि एमालेलाई पराजित गर्ने भन्दै सत्ता गठबन्धनले तालमेल गरेका छन्। 


खेलराज भन्छन - "केही प्राविधिक कुराहरु व्यवस्थापन गर्न नसक्दा र केही कमिकमजोरीले अघिल्लो चुनावमा पराजित भएको स्वीकारदै यस पटक यी सबै कुराहरुमा उचित ढङ्गले व्यवस्थापन गरी सबैलाई मिलाएर सबैलाई सम्मान गरेर बुटवलमा कांग्रेसले चुनाव जित्नेमा विश्वस्त छौ।"


उनले बुटवलका मतदाताले किन नेपाली कांग्रेसलाई वा गठबन्धनलाई वा मलाई भन्ने कुरामा एउटा त निरन्तर रुपमा वडादेखि मेयर, प्रदेश र संघ सबै एउटै पार्टीले जित्दा खेरी जुन प्रकारको प्रतिष्पर्धा हुनुपर्ने हो त्यो नभएको बताएका छन्। विकासका बारेमा जनताका समन्वयका बारेमा प्रतिष्पर्धा हुने र दम्भ बढेर जाने भएकाले पनि परिवर्तनको जरुरी भएको खेलराजको भनाई छ। बुटवल अरु छिमेकी नगरपालिकाहरुको दाँजोमा कम्पिटेशनमा बाहिरबाट हेर्दा धेरै पछाडि परेको बताउदै उनले अब जुन दलले चलाएको छ, त्यस दलको परिवर्तन बिना अब हुँदैन भन्ने कुरा सबैलाई महशुस भएको छ त्यसैले सबैले एक पटक नेतृत्व परिर्वतन गरौँ , एक पटक खेलराज पाण्डेलाई मौका दियौँ भने उहाँले पनि गर्ने र नगर्ने कुराको अनुभूति हुन्छ भन्ने खालको तल जनस्तरसम्म कुरा गएको बताएका छन्। 


यसकारण पनि यो पटक नेतृत्व परिर्वतन  हुन्छ, आफुले यो चुनाव जित्ने दावी पाण्डेयको छ। बुटवललाई समृद्ध आर्थिक केन्द्र बनाउन नेपाली कांग्रेस र त्यसको नेतृत्वले मात्रै सक्छ भन्ने कुरा अब प्रष्ट भएको र सुकुमबासी र अव्यवस्थित समस्या समाधान गर्ने चाहना नेपाली कांग्रेससँग मात्रै भएको उनको जिकीर छ । ज्योतिनगरको पहिरो, तिनाउ दानब करिडोर भित्रका विस्थापित जनताहरुको व्यवस्थापन, मोतिपुर औद्योगिक भित्र जग्गाको समस्या छ त्यसको समाधानदेखि लिएर राजर्माग चौहारादेखि चिडियाखोलासम्मको बाटो दुरर्दशा छ, त्यसको समयमै निर्माण गर्ने गरि आफु मेयरको उम्मेदवारमा उठेको खेलराजले बताएका छन् ।

कमेन्ट गर्नुहोस्