लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चैतसम्म सरकारले उठायो २ खर्ब २२ अर्ब रुपैयाँ सार्वजनिक ऋण

IMG

तिलोत्तमा सिटी, बैशाख १६ गते २०७९।  सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को चैत महिनासम्म २ खर्ब २२ अर्ब रूपैयाँ सार्वजनिक ऋण उठाएको छ ।  सरकारले १ खर्ब भन्दा बढी आन्तरिक ऋण उठाएको छ ।सरकारले माघपछि आन्तरिक ऋण परिचालन सुरु गरेको हो ।त्यसयता सरकारले १ खर्ब ५ अर्ब ४६ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ ।चालु आवमा सरकारले २ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक उठाउने लक्ष्य लिएको छ । यस अवधिमा बाहृय ऋण तथा अनुदान परिचालनमा समेत लक्ष्यअनुसार उपलब्धि भने हासिल हुन सकेको छैन ।


अर्थ मन्त्रालयको आकडा अनुसार ९ महिनाको अवधिमा अनुदानतर्फ ९ अर्ब ४६ करोड २० लाख र वैदेशिक ऋणमा १ खर्ब १६ अर्ब ६० करोड रुपैयाँ प्राप्ति भएको छ । यस अनुसार चालु आवमा सरकारले कुल १ खर्ब २६ अर्ब ७ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।वैदेशिक सहायतातर्फको अनुदानको हिस्सा ७.५१ प्रतिशत हो। अनुदानमा जापानबाट खानेपानी, दक्षिण कोरियाबाट शिक्षा, स्विट्जरल्याण्डबाट शिक्षा, एसियाली विकास बैंकबाट खानेपानी र शिक्षा तथा गि्रन क्लाइमेट फण्डबाट वातावरणको क्षेत्रमा अनुदान आएको छ ।

कमेन्ट गर्नुहोस्