लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गठबन्धन तिलोत्तमाको घरदैलो -र्याली तिब्र हुदै

IMG

तिलोत्तमा सिटी, बैशाख १५ गते २०७९। नेपाली कांग्रेस र ने.क.पा.माओवादी केन्द्र बिचको गठबन्धनको चुनावी र्याली तथा सभा तिब्र रुपमा अघि बढेको छ। आज तिलोत्तमा -९,मङलापुरबाट  एक कार्यक्रम गरिसुरुवात भएको तिलोत्तमा -९,को चुनाव प्रचारप्रसार कार्यक्रम संगै अन्य वडाका कार्यक्रमहरु पनि तिब्र रुपमा अघि बढेको प्रचार प्रसार समितिका रमेश न्यौपानेले बताए।  सो घरदैलो र्याली कार्यक्रममा नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति तथा मेयर पदका उम्मेदवार रामकृष्ण खाण, उपमेयर पदका उम्मेदवार नेकपा माओबादीका नेता हेमन्त पाण्डे , कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे ,ने.क.पा.माओवादी केन्द्र नगर अध्यक्ष बेल प्रसाद शर्मा ,महिला संघ रुपन्देही सभापति -गङ्गा शाही ,पुर्व वडा अध्यक्ष नारायण न्यौपाने,वडा अध्यक्ष पदका उम्मेदवार ध्रुव न्यौपाने,  क्षेत्रीय प्रतिनिधि ,वडा कार्यसमिति साथै अन्य ब्याक्तित्वहरुको बाहुल्य उपस्थिति रहेको थियो। 








कमेन्ट गर्नुहोस्