
तिलोत्तमा सिटी,बैशाख १४ गते २०७९। यहि बैशाख ३० गते हुन गैरहेको स्थानिय तहको चुनावका लागि रुपन्देहीको सुगम नगरपालिका तिलोत्तमाको मेयर पदका उम्मेदवार मोहन चापागाईंले तिलोत्तमाको समग्र बिकास नेकपा एमालेको काँधमा रहेको बताएका छन्।अघिल्लो निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले पुरा गर्न नसकेका केहि योजना, पूर्वाधार तथा नगरबासीले अनुभूति गर्न नपाएको समग्र बिकास अब छिट्टै पुरा हुने बताउदै त्यसको जिम्मेबारी आफ्नो काँधमा आएको बताएका हुन्।
संचारकर्मबाट देश बुझेका मेयरका उम्मेदवार चापागाईंले नेकापा एमाले वडा-वडामा मजबुत भएको भन्दै तिलोत्तमामा एमालेको सरकार फेरी आवश्यक भएको बताएका छन्। चापागाईं आफैमा फरक भिजन भएका बौद्दिक व्यक्ति समेत हुन्। उनले संचारकर्मसंगै संघिय सरकारको सल्लाहकारको रुपमा समेत काम गरिसकेका छन। यस क्षेत्रको पहिलो सामुदायिक रेडियो, रेडियो लुम्बिनीको बिकास तथा दैनिक लुम्बिनी पत्रिकाको समग्र बिकाससंगै नेपाल पत्रकार महासंघको श्रीवृद्धि एबम भौतिक र आर्थिक विकासको श्रेयता समेत चापागाईंलाई जान्छ। त्यसो त देशभरको सामुदायिक रेडियोको छाता संगठन अकोराबको अध्यक्षको रुपमा कार्य गर्दा देश विदेशको आर्थिक प्रगति र उद्योग ब्यापार शिक्षा स्वास्थ्यका दृष्टिले चरम अबलोकन गरेका उनले तिलोत्तमाको छुट्टै बिकासको खाका आफ्नो भिजनमा रहेको बताए।
नगरबासीको चाहना बमोजिमको यहाँको कर प्रणाली, अनलाइन सेवा, शिक्षा स्वास्थ्य, रोजगार, महिला सहभागिता, युवा सहभागिता, सामाजिक सुरक्षा, उद्योग ब्यापार, कृषि पशुपालन, लगायतका तिलोत्तमाको आत्मनिर्भरतालाई बिकाशसंग जोड्ने गरि सोचको बिकास भएको उनको भनाई छ। नेकपा एमालेको तर्फबाट तिलोत्तमाको १७ वटै वडामा दरिलो साथ् रहेको भन्दै सबै जनतामा बिकासको अनुभूति दिलाउने आफ्नो जिम्मेबारी भएकाले आसन्न निर्बाचनमा नेकपा एमालेको साथमा जनता रहनेमा बिश्वास लिएका छन्। तिलोत्तमा-२ शंकरनगर स्थायी रुपमा बस्दै आएका मोहन चापागाईं तिलोत्तमा नगर कमिटिको निबर्तमान अध्यक्ष समेत हुन्।
कमेन्ट गर्नुहोस्